सर्वसाधारणले २१ गतेदेखि नयाँ नोट पाउने, कहाँ-कहाँ साट्न पाइन्छ?

काठमाडाैं । सर्वसाधारणले दसैँका लागि असोज २१ गतेदेखि नयाँ नोट साट्न पाउने भएका छन् । प्रतिव्यक्ति दैनिक २७ हजार रुपैयाँसम्मको नोट साट्न पाउने व्यवस्था गरिएको  हाे । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाका अनुसार ५, १०, २०, ५० र १ सयका नयाँ नोट सटही हुनेछ ।

बैंकहरुलाई भने राष्ट्र बैंकले आगामी बिहीबारदेखि नै नयाँ नोट उपलव्ध गराउने भएको छ । बैंकहरुले ११ गतेदेखि नयाँ नोट पाउँने भए पनि सर्वसाधारणलाई २१ गतेदेखि वितरण गरिने निर्देशक निरौलाले बताए । उनका अनुसार सरकारी स्वामित्व भएका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका तोकिएका शाखाहरुबाट नोट सटही हुनेछ ।  साथै ति तीन बैंकका तोकिएका शाखाबाट सर्वसाधारणले नोट लिन सक्नेछन् ।

बैंककाअनुसार दशैंमा नेपाल बैंकका न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, किर्तिपुर र भक्तपुर कार्यालयबाट नयाँ नोट साट्न सकिनेछ। त्यस्तै राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार, नक्साल शाखा, गौशाला कृषि विकास बैंकको कोटेश्वर, रामशाहपथ, रत्नपार्क  र मंगलबजार शाखाबाट नयाँ नोट सटहीको व्यवस्था बैंकले मिलाइएको राष्ट्र बैंकले मिलाएको छ।

थापाथलीस्थित राष्ट्र बैंकको कार्यालयबाट पनि बैंकिङ समयमा नोट सटही गरिनेछ । गत वर्ष पनि तिनै बैंकका शाखाहरुमार्फत राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थियो । थापाथलीमा सर्वसाधारणको बढी भीड हुने गरेको छ । यस वर्ष करिब १३ अर्बको नयाँ नोट सटही हुने राष्ट्र बैंकको अनुमान छ । गत वर्ष १२ अर्बको सटही भएको थियो ।

गत वर्ष तीन बैंकहरुका शाखाबाट प्रतिव्यक्ति २० हजारसम्म साट्न पाउने व्यवस्था भएकोमा यो वर्ष २७ हजार पुर्याइएको हो । हाल चलनचल्तीमा रहेका नोटमध्ये संख्यात्मक हिसावमा ५ का नोट सबैभन्दा धेरै छन् । ५ का नोट ४८ करोडको संख्यामा चलनचल्तीमा रहेको निरौलाले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस