नाटकीय रुपमा यसरी समातिए सुनका भरिया

काठमाडौं । महानगरीय प्रहरी परिसरमा केही दिन अगाडि यस्तै सूचना आयो- ‘रसुवाको केरुङ नाका हुँदै सुन तस्करी भइरहेको छ ।’ सूचनापछि डिएसपीको कमाण्डमा सुन तस्कर पक्राउ गर्न टोली बनायो परिसरले ।

सोमवार केरुङ हुँदै काठमाडौंको टोखाको बाटोबाट मोटरसाइलमा सुन आउँदै गरेको सुराक प्रहरीले फेरी पायो । त्यही सूचनालाई पछ्याउँदै सोमबार दिउँसो टोखामा प्रहरी तम्तयार रहे । साढे ५ बजे बा ७३ प ३४०२ नम्बरको पल्सर मोटरसाइकल आयो । मोटरसाइकलमा थिए दुई युवा । प्रहरीको नजिकै पुग्नुअघि एक्कासी मोटरसाइकलले दिशा फेर्‍यो, प्रहरी पिछा गर्न थाले । केही बेरमै उनीहरू प्रहरीको नियन्त्रणमा पुगे ।

अन्ततः ती दुई युवाको साथबाट ३ किलो सुन बरामद भयो । रसुवा गोसाइकुण्ड गाउँपालिका १ घर भएका २४ वर्षीय नरबहादुर घले र २० वर्षीय पेम्वा तामाङ पक्राउ परे सुनसहित ।

१ किलो सुन ‘पास’ गराएबापत ५० हजार कमाइ
घले र तामाङ आफै सुन तस्करमा रहे पनि भरिया मात्र हुन् । उनीहरुले प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरू दुवैले रसुवामा घर बनाउने ठेक्कापट्टा गर्ने काम गर्दै आएको प्रहरीको अनुसन्धानको क्रममा खुल्न आएको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिनुभयाे ।

उनीहरूले १ किलो सुन ‘पास’ गराएबापत ५० हजार लिने गरेको पत्रकार सम्मेलनमार्फत् जानकारी दिइयो । उनीहरूले २ महिनामा २ पल्ट गरी ३ किलो सुन ल्याइसकेको प्रहरीले जनाएको छ । सुन व्यापारीको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी संघमार्फत् परीक्षण गराउँदा १ करोड ५० लाख बराबरको सुन प्रमाणित भएको पत्रकार सम्मेलनमार्फत् जानकारी दिइयो ।

भन्सार ऐनअन्तर्गत उनीहरूलाई १ करोडदेखि ५ करोडसम्मको विगोमा १ वर्षदेखि ३ वर्षसम्मको कैद सजाय हुनेछ । भदौ २३ गते गोरखा प्रहरीले १० किलो अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस