अब ‘विशेष काम’मा पनि रातो पासपोर्ट

काठमाडौं । कूटनीतिक राहदानी (रातो पासपोर्ट) वाहक व्यक्तिले अब सरकारी कामको सिलसिलासँगै अन्य ‘विशेष काम’का लागि पनि राहदानी प्रयोग गर्न पाउने भएका छन् । राहदानी ऐन संशोधन गर्न बनेको विधेयकमार्फत् संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कूटनीतिक राहदानी प्रयोगको दायरा बढाएको हो ।

विशेष काम कस्तो कस्तोलाई मान्ने? भन्ने परिभाषा विधेयकले गरेको छैन। कूटनीतिक र विशेष राहदानी प्रयोगको व्यवस्था नियमावली वा कार्यविधिमार्फत तोक्नेगरि विधेयकमा सहमति गरिएको छ । गोरखापत्र दैनिकमा प्रकाशित समाचारअनुसार कूटनीतिक राहदानी सरकारी कामको सिलसिलामा मात्र प्रयोग गर्न पाउने गरी सरकारले ल्याएको मूल विधेयक संसदले परिमार्जन गरेको हो ।

 विशेष काम भन्ने शब्दावली थपेर प्रयोगको कार्यविधि समेत निमायवली वा निर्देशिकामार्फत तोक्नेगरी संसदले घुमाउरो बाटोबाट व्यक्तिगत कामका लागि समेत उक्त राहदानी प्रयोग गर्न पाउने विकल्प खोलेको हो । मूल विधेयकले कूटनीतिक र विशेष राहदानी सरकारी कामका लागि मात्र प्रयोग गर्न सक्ने व्यवस्था गरेको थियो ।

समितिले मूल विधेयकको दफा ६ परिमार्जन गर्दै सरकारी कामको सिलसिला भन्ने शव्दावली परिमार्जन गरिएको छ, जसमा सरकारी वा विशेष कामको सिलसिलामा भन्ने वाक्यांश थपिएको छ। अब विशेष कामको सिलसिलामा विदेश जानका लागि संवैधानिक निकाय, मन्त्रालय वा सचिवालयबाट मनोनयन भई लेखी आए कूटनीतिक राहदानी दिने व्यवस्था गरिएको छ । विशेष कामको परिभाषा भने गरिएको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस