ग्रीन डेभलपमेण्ट बैङ्कको केन्द्रीय कार्यालय पोखरा सारिने

काठमाडाैं । बागलुङमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभपलमेण्ट बैङ्कले केन्द्रीय कार्यालय पोखरा सार्ने भएको छ । हालै सम्पन्न पाँचौं वार्षिक साधारणसभामा सो सम्बन्धी प्रस्ताव पारित भएको बैङ्कद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ ।

बैङ्कका अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षता सम्पन्न सभाले आव २०७३-७४ को बैङ्कको गतिविधि तथा विभिन्न प्रतिवेदन सर्वसम्मत अनुमोदन गरेको छ । साथै, सभाले बैङ्कको अध्यक्षतामा गणेशकुमार श्रेष्ठलाई नै निरन्तरता दिने निर्णयसमेत गरेको छ । सभाबाट सञ्चालक समिति सदस्यमा संस्थापक शेयरधनीका तर्फबाट कृष्णशङ्कर श्रेष्ठ र श्यामप्रसाद श्रेष्ठ एवम् सर्वसाधारण शेयरधनीका तर्फबाट प्रकाशकुमार श्रेष्ठलाई निर्वाचित भएका छन् ।

बागलुङ, कास्की र म्याग्दी गरी तीन जिल्ला कार्यक्षेत्र रहेको बैङ्कले पोखरामा चार, बागलुङमा दुई र म्याग्दीमा एउटा शाखा सञ्चालन गर्ने तयारी गरेको सो अवसरमा जानकारी दिइयो । बैङ्कले मोबाइल बैङ्किङ, इण्टरनेट बैङ्किङ, एसएमएस बैङ्किङ तथा एटीएम सेवासमेत सञ्चालनको तयारी गरेको  छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य …

प्रतिकृया दिनुहॊस