निर्मला हत्या प्रकरण : छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडाैं । १३ वर्षीय निर्मला पन्तको घटनाबारे छानबिन समितिले अाज प्रतिवेदन बुझाएको छ । समितिका संयोजक सहसचिव हरि मैनालीसहितको समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो ।

कञ्चनपुर घटना विवादस्पद बन्दै गएपछि भदौ ७ मा सरकारले घटनाको छानबिन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो । १५ दिनभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउनु भने पनि अनुसन्धान जटिल बन्दै गएपछि १५ दिन म्याद थप गरिएको थियो । समितिले बुझाएको प्रतिवेदनमा प्रहरीको अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ ।

‘प्रहरीको प्रारम्भीक अनुसन्धानमा केही लापरबाही देखिएको छ,’ समितिका एक सदस्यले भन्नुभयाे । प्रहरीले घटनाको मुख्य अभियुक्त बनाएका २४ वर्षीय दिलिपसिंह विष्टको डिएनए परीक्षण नमिलेपछि रिहा भइसकेका छन् । समितिले अहिलेसम्म गरेको छानबिनमा घटना के भएको थियो? प्रहरीको अनुसन्धान कस्तो देखियो? एसपी विष्टको नेतृत्वले गरेको अनुसन्धानमा के कमजोरी थियो? थप अनुसन्धानको लागि सुझाव लगायत विषय प्रतिवेदनमा समेटिएको छ ।

समितिको प्रारम्भीक अनुसन्धानको अनुसार नै गृहमन्त्रालयले तत्कालीन कञ्चनपुर जिल्लाका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, डिएसपी अङ्गुर जिसी, ज्ञानबहादुर सेती लगायत ६ जना प्रहरीलाई निलम्बित गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस