News desk

एक महिनाकी सुत्केरीलाई बच्चासहित घरनिकाला

दाङ । नारायणपुरकी एक सुत्केरी महिलालाई परिवारले घरबाट निकालेको छ । एक महिनाकी सुत्केरी घोराही उपमहानगरपालिका १० नारायणपुर झारबैराकी २३ वर्षीय दुर्गा वलीलाई उनका श्रीमान् हेमराज वली र परिवारले घरनिकाला गरेको हो । असोज ३० गते सुत्केरी भएकी अाफूलाई श्रीमान् हेमराज वलीले अर्कैको बच्चा जन्माएको भन्दै घरबाट निकालेको  बताइन् । हेमराजले बिहे भएको आठ महिनादेखि अाफूलार्इ यातना दिन सुरु गरेको उनको भनाइ छ । ‘तीन वर्ष पहिले मागेर बिहे भएको हो । बिहे …

पुरा पढ्नुहॊस »

आईएमई जनरल इन्स्योरेन्सको नाफा साढे २ करोड

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले २ करोड ६१ लाख ३० हजार रुपैंया खुद मुनाफा कमाएको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सो नाफा कमाएको हो । उक्त अवधिमा इन्स्योरेन्सले ४ करोड ४८ लाख ५५ हजार रुपैंया आम्दानी गरी १ करोड ९७ लाख २५ हजार खर्चदा उक्त परिमाणको नाफा आर्जन गरेको हो । एकीकृत आयव्यय हिसाबतर्फ इन्स्योरेन्सले खुद बीमा शुल्क, पुनर्बीमा कमिशन आय र लगानीबाट प्राप्त हुने आय …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरीकी डलरको खरिददर ११४ रुपैयाँ ३ पैसा तोकेको छ भने बिक्रिदर ११४ रुपैयाँ ६३ पैसा तोकेको छ । एक युरोको खरिददर १३० रुपैयाँ ३७ पैसा छ भने बिक्रिदर १३१ रुपैया ६ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ ६९ पैसा र बिक्रिदर १४७ रुपैयाँ ४६ पैसा रहेको छ ।  यस्तै जापानीज १० यनको खरिददर १० रुपैयाँ १४ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

यस्तो बन्यो नरेन्द्र प्यासीको ‘सुन्दर संसार’ हेर्नुस् भिडियोमा

काठमाडौं । मेरो सुन्दर संसार लिलाम, गर्‍यौ तिमीले ।  दुनियाको आडमा, बदनाम गर्‍यौ तिमीले ।। सुगम संगीतका चर्चित गायक नरेन्द्र प्यासीको स्वरमा नयाँ गीत बजारमा अाएको छ । प्रगतिशील लेखन क्षेत्रमा कलम चलाइरहेका लेखक एबम् गीतकार मणिरत्नले गीतमा शब्द रचना गरेका छन् । प्यासीको स्वर र मणिरत्नको शब्दमा ‘मेरो सुन्दर संसार लिलाम गर्‍यौ तिमीले’ बाेलको आधुनिक गीत सार्वजनिक भएको हो । लामो समयदेखि अमेरिकामा बस्दै आएका गायक प्यासीले दशैं तिहार …

पुरा पढ्नुहॊस »

चार महिनामा भ्याटबाट साढे ७१ अर्ब राजश्‍व

काठमाडौं । चालु आर्थिक वर्ष २०७५/०७६ मा मूल्य अभिवृद्धि कर (भ्याट) बाट सरकारले ७१ अर्ब ६५ करोड ६५ लाख रुपैयाँ बराबरको राजश्‍व उठाएको छ । सरकारी आय व्यायको लेखा राख्ने महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चार महिनाको अवधिमा सकारी राजश्‍व सबैभन्दा बढी योगदान भ्याटको देखिएको छ । सरकारले यो अवधिमा दुई खर्ब ४२ अर्ब रुपैयाँको राजश्‍व उठाउँदा छ शीर्षकका भ्याटबाट ७१ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको राजश्‍व उठाउन सकेको …

पुरा पढ्नुहॊस »

विस्तृत शान्ति सम्झौताको बाह्र वर्ष : ‘द्वन्द्वपीडितलाई भएन न्यायको अनुभूति’

काठमाडौँ । विस्तृत शान्ति सम्झौता भएको बाह्रवर्ष पुगिसक्दा पनि दशवर्षे सशस्त्र द्वन्द्व पीडितले न्यायको अनुभूति गर्न पाएका छैनन् । तत्कालीन राज्यपक्ष र विद्रोही पक्षबीच विस्तृत शान्ति सम्झौता २०६३ साल मङ्सिर ५ गते भएको थियो । बुधबार सो शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । तर द्वन्द्वका पीडितले न्यायको अनुभूति अहिलेसम्म गर्न पाएका छैनन् । सरकारले द्वन्द्वका घटनाको सत्य तथ्य छानबिन गरी पीडितलाई न्याय र पीडकलाई दण्ड दिने उद्देश्यले …

पुरा पढ्नुहॊस »

वर्ल्ड भिजनमा जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वर्ल्ड भिजनले कर्मचारीको माग गरेको छ । संस्थाले फिल्ड कोअर्डिनेटर र सपोर्ट सर्भिस कोअर्डिनेटर पदमा दरखास्त माग गरेको हो । दुबै पदको लागि कार्यक्षेत्र सर्लाही रहेको छ । 

पुरा पढ्नुहॊस »

यस्तो गाउँ जहाँ बसाइँसरी जानेले पाउनेछन् ३० हजार भत्ता

नवलपरासी । बसाइँसराइले गाउँ रित्तिन थालेपछि बौदीकाली गाउँपालिकाकाले जुक्ति निकाल्यो -अन्तबाट बसाइँ आउनेलाई भत्ता । बाक्लो बस्तीमा रहन चाहनेलाई ३० हजार रुपैयाँ । साविकका ५ गाविस गाभेर बनाइएको बौदीकाली पुर्वी नवलपरासीका आठमध्ये सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका हो ।  गाउँपालिका अध्यक्ष दुर्गाहादुर राना मगरले भने, जग्गाधनी पुर्जा भएकाहरुसमेत खेतवारी बाँझै राखेर बसाइँ गएपछि जनघनत्व घट्यो, बस्ती रित्तिँदै गयो । सबै वडाध्यक्षको सल्लाहमा गाउँसभाबाट भएको निर्णय सुनाउँदै उनले भने, नयाँ आउनेलाई …

पुरा पढ्नुहॊस »

नवलपरासीमा बस दुर्घटना : २ जनाको मृत्यु, ३० घाइते

परासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् । महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख १०९६ नंको बस जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी ३३ वर्षीय लोकेन्द्रबहादुर कार्की तथा अर्का एक व्यक्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक अनोज विकले जानकारी दिए । घाइतेको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको …

पुरा पढ्नुहॊस »

पप्पुलाई नयाँ ठेक्कामा रोक, राष्ट्र बैंक निर्माणको ठेक्का अन्योलमा

काठमाडौं । सरकारले पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्कामा सहभागी हुन रोक लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै यस्तो रोक लगाएको हो । पप्पुलाई नयाँ ठेक्कामा रोक लगाएसँगै राष्ट्र बैंकको बालुवाटारस्थित भवन निर्माणको ठेक्का अन्योलमा परेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणअन्तर्गतको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाले पप्पु विवादित भएकाले सबभन्दा कम रकम कबुल गरेपनि ठेक्का …

पुरा पढ्नुहॊस »