यस्तो बन्यो नरेन्द्र प्यासीको ‘सुन्दर संसार’ हेर्नुस् भिडियोमा

काठमाडौं । मेरो सुन्दर संसार लिलाम, गर्‍यौ तिमीले । 

दुनियाको आडमा, बदनाम गर्‍यौ तिमीले ।।

सुगम संगीतका चर्चित गायक नरेन्द्र प्यासीको स्वरमा नयाँ गीत बजारमा अाएको छ । प्रगतिशील लेखन क्षेत्रमा कलम चलाइरहेका लेखक एबम् गीतकार मणिरत्नले गीतमा शब्द रचना गरेका छन् ।

प्यासीको स्वर र मणिरत्नको शब्दमा ‘मेरो सुन्दर संसार लिलाम गर्‍यौ तिमीले’ बाेलको आधुनिक गीत सार्वजनिक भएको हो । लामो समयदेखि अमेरिकामा बस्दै आएका गायक प्यासीले दशैं तिहार मनाउन नेपाल आएका वेला उक्त गीत सार्वजनिक गरेका हुन् ।  बिन्दवासिनी म्यूजिक प्रालिको व्यानरमा सार्वजनिक गीतमा संगीतकार प्रभात सुवेदी र राकेश वलीले संयुक्त रुपमा संगीत भरेका छन् ।

आफूले माया गरेको मान्छेले नै धोका दिएर आफूलाई बदनाम गरेको सन्देश गीतमा समेटिएको छ । गीत सुन्दा प्रेममा धोका पाएको प्रेमीको वेदना जस्तो सुनिए पनि आफ्नो गाँउघर समाज र देशै छोडी बिदेशिने र उतैको प्रभावमा परी आफ्नो देशलाई गाली गर्ने नेपालीहरुलाई सम्झिएर गीत लेखेको रचनाकार मणिरत्नले बताए ।

https://youtu.be/fMO4v6BCWk4

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री