नवलपरासीमा बस दुर्घटना : २ जनाको मृत्यु, ३० घाइते

परासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् । महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख १०९६ नंको बस जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी ३३ वर्षीय लोकेन्द्रबहादुर कार्की तथा अर्का एक व्यक्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक अनोज विकले जानकारी दिए । घाइतेको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट …

प्रतिकृया दिनुहॊस