News desk

सुनधारामा खुल्यो सिटीसी मोबाइल हब

काठमाडाैं । सुनधारामा रहेको सिटीसी मलमा मोबाइल हब सञ्चालनमा आएको छ । मोबाइल पारखीहरुका लागि नयाँ गन्तव्यको अवधारणासहित एक कार्यक्रमका बिच सिटीसी मोबाइल हबको औपचारिक सुरुवात गरिएको हो । मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनी दिने लक्ष्यसहित दशैंको पुर्वसन्ध्यामा दशैं धमाका मोबाइल मेलाको आयोजना गर्दै मोबाइल हबले आफ्नो उपस्थिती जनाएको हो । असोज ३१ गतेसम्म सञ्चालन हुने दशै धमाका साथै अफर भित्र पनि अफर नामक मोबाइल मेलामा मोवाइल खरिद गर्ने …

पुरा पढ्नुहॊस »

सिभिल बैंक र नेशनल बैंकिङबीच सम्झौता

काठमाडाैं । नेशनल बैंकिङ इन्ष्टिच्युट र सिभिल बैंकबीच सम्झौता भएको छ । सम्झौताअनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि तालिम गराउने छ । सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरे ।

पुरा पढ्नुहॊस »

भूकम्प पीडितले अनुदान लिने समय थपियो

काठमाडाैं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित आवास अनुदान रकम बुझ्ने समयसीमा थप गरेको छ ।  प्राधिकरणमा हालै बसेको निर्देशक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान बुझ्ने म्याद थप गरेको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए । ‘थुप्रै पीडितले हालसम्म पनि पहिलो, दोस्रो र तेस्रो किस्ता बुझिनसकेकाले समयावधि थप गरिएको हो’, उनले भने । प्राधिकरणको तथ्याङ्कअनुसार २०७५ असार मसान्तसम्म पहिलो किस्ता लिन बाँकी लाभग्राहीले पुस मसान्तसम्म समयावधि थप गरेको …

पुरा पढ्नुहॊस »

चुनाव लड्ने योजनाबाट किन ‘ब्याक’ भए वामदेव गौतम?

काठमाडाैं । सत्तारूढ नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्ने योजनाबाट तत्कालका लागि पछि हटेका छन् । पार्टीभित्रैको तीव्र विरोध र क्षेत्रका स्थानीय नेता एवं सर्वसाधारणबाट समेत व्यापक आलोचना भएपछि गौतम तत्कालका लागि पछि हटेका हुन् । उनले बिहीबार स्थानीय नेताहरूलाई अब आफू तत्कालका लागि सांसद बन्ने योजनाबाट पछि हटेको सन्देश पठाएका छन्। स्थानीय जनमत र पार्टीभित्रको अवस्थालगायतको कारण देखाउँदै उनले तत्काल सांसद बन्ने दिशामा …

पुरा पढ्नुहॊस »

कांग्रेसले चियापानको स्वरूप फेर्‍यो

काठमाडाैं । दसैँको कोजाग्रत पूर्णिमाको दिन कांग्रेसले बर्सेनि गर्दै आएको चियापानको स्वरूप बदल्ने भएको छ । बिपी कोइराला भारत निर्वासनबाट राष्ट्रिय मेलमिलपाको नीति लिएर फर्किएपछि २०३४ सालबाट बर्सेनि कोजाग्रत पूर्णिमाको दिन कांग्रेसले चियापान गर्दै आएको थियो । तर, अहिलेसम्म पार्टी केन्द्रीय कार्यालयमा हुँदै आएको चियापान यसपटक ७४ जिल्लामा पनि हुने भएको छ । काठमाडौं, ललितपुर, भक्तपुरको जिल्ला कार्यसमितिले केन्द्रमै कार्यक्रम गर्ने भए पनि ७ कात्तिकमा अरू ७४ जिल्ला सदरमुकाममा पनि केन्द्रीय स्वरूपमै चियापान …

पुरा पढ्नुहॊस »

चिनीको मूल्यमा ‘गम्भीर आर्थिक चलखेल’

काठमाडाैं । चाडपर्वका बेला सरकारी निकाय र चिनी उद्योगको मिलेमतोमा चिनीको मूल्य चरम वृद्धि गर्दै ‘आर्थिक चलखेल’ भएको निष्कर्ष संसद्को सार्वजनिक लेखा समितिअन्तर्गत छानबिन गर्न बनेको उपसमितिले निकालेको छ । लेखा समितिअन्तर्गत गठित उपसमितिले बिहीबार समितिमा प्रतिवेदन बुझाउँदै आर्थिक चलखेल भएकाले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न निर्देशन दिनुपर्ने सुझावसमेत दिएको छ । सांसद लेखराज भट्टको संयोजकत्वमा गठित उपसमितिको प्रतिवेदनमा चिनी उद्योगले मूल्यमा कार्टेलिङ गरेको र त्यसमा सरकारी …

पुरा पढ्नुहॊस »

ज्ञानेन्द्र शाहले शुभेच्छुकलाई टीका लगाइदिने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस बर्ष सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । गत बर्ष सर्वसाधारणलाई टीका नलगाइदिएका ज्ञानेन्द्रले यो बर्ष विजयादशमीको दिन दिउँसो ३ बजेदेखि टीका लगाइदिने भएका हुन् । निर्मलनिवासमा ११ बजेर ३७ मिनेटमा टीकाको साइत जुराइएको छ । पूर्वराजा ज्ञानेन्द्रले आमा रत्नको हातबाट टीका ग्रहण गरेपछि निर्मल निवासमा आफन्तसँग टीका लागाउने कार्यक्रम तय भएको छ । त्यसपछि दिउँसो ३ बजेदेखि निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिने कार्यक्रम तय भएको …

पुरा पढ्नुहॊस »

मेसीविनाको खेलमा अर्जेन्टिनाको सहज जित

काठमाडाैं । स्टार खेलाडी लियोनेल मेसीसहितका चर्चित अनुहारविहिन अर्जेन्टिनाले इराकमाथि शानदार जित निकालेको छ । साउदी अरेबियामा बिहीबार राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इराकलाई ४–० ले हराएको हो । अर्जेन्टिनाको टिममा अधिकाशं युवा अनुहारलाई मौका दिएको थियो । उसका लागि लाउतारो मार्टिनेजले गोल गरे। उनको यो राष्ट्रिय टिमका लागि पहिलो गोल हो । यस्तै पाउलो डिबालाको सहयोगमा रोबर्तो परेयराले गोल गरे । अर्जेन्टिनाका लागि तेस्रो गोल जर्मन पजेलाले गरेका हुन् । यस्तै …

पुरा पढ्नुहॊस »

चर्चमा आक्रमण गर्ने १७ जनालाई मृत्युदण्डको फैसला

काठमाडाैं । इजिप्टको एउटा सैनिक अदालतले बिहिबार १७ जनालाई बम आक्रमणमा दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला गरेको छ । ठूलो संख्यामा मानवीय क्षति हुनेगरी चर्चामा बम विस्फोटन गराइएको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई मृत्यु दण्डको सजाय तोकिएको हो । इस्लामिक स्टेट (आइएस) लडाकूका नाममा गराइएको विस्फोटनमा परी दर्जनौंको मृत्यु भएको थियो । घटनामा दोषी पाइएका अरु १९ जनालाई आजीवन काराबासको सजाय तोकिएको छ भने दश जनालाई दशदेखि १५ बर्षसम्मको जेल सजाय तोकिएको …

पुरा पढ्नुहॊस »

निर्मलाको ‘भेजिनल स्वाब’ परीक्षणमै श‌ंका

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको योनिबाट संकलित ‘भेजिनल स्वाब’ परीक्षण पद्धतिमाथि नै राष्ट्रिय मानव अधिकार आयोगले शंका गरेको छ । राजधानी दैनिकमा प्रकाशित समाचारमा भनिएको छ, आयोगले चिकित्सकीकय जाँच तथा सबुतहरूको वैज्ञानिक परीक्षणका विषयमा शंका राखेर भेजिनल स्वाब सुरक्षित राख्न प्रहरीलाई निर्देशनसमेत दिएको छ । आयोगले बिहीबार यो विषयमा कानुनी चिकित्सा क्षेत्रका विज्ञसहित डीएनए विज्ञहरूसँग परामर्श गरेको छ । त्यसक्रममा प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणप्रति आयोगले …

पुरा पढ्नुहॊस »