कपिलवस्तुकै सांसद् प्रचार गर्छन्- बुद्ध भारतमा जन्मिएका हुन् !

काठमाडाैं । प्राचिन बुद्ध नगरी कपिलबस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागी भएका छन् । उनी कांग्रेसको तर्फबाट कपिलबस्तु–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

भारतको सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद साह विशिष्ट अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा बुद्ध सिद्धार्थनगरमा जन्मिएको दाबीसहित प्रचार गरिएको थियो । उत्तर प्रदेश सरकारले बुद्ध भारतमा जन्मिएको आक्रामक प्रचार गरिरहँदा नेपालकै सांसद उपस्थित भएर समर्थन जनाउँदा गलत सन्देश गएको छ ।

कार्यक्रममा मुख्यमन्त्री योगी आदित्यनाथ प्रमुख अतिथि र भाजपा केन्द्रीय सांसद गदम्बिका पाल तथा सांसद साह विशिष्ट अतिथि थिए । कार्यक्रममा सहभागी भएको तस्बिर साहले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । कपिलबस्तुबासीले सांसद साहको चर्को विरोध गरेका छन् । उनले भारतीय पक्षले बुद्ध भारतमा जन्मिएको भनेर प्रचार गरेको विषय आफूलाई थाहा नभएको दावी गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो

काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत …

प्रतिकृया दिनुहॊस

This will auto close after