काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जीवन विज्ञान प्रतिष्ठानलाई सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रतिष्ठानलाई नयाँ आध्यात्मिक कक्ष निर्माणका लागि एक लाख सहयोग प्रदान गरेको हो । एक लाखको चेक प्रतिष्ठानका विवेक गुरागाईले ग्रहण गरे ।
उक्त प्रतिष्ठान मानिसमा रहेका अन्तरर्निहित प्रतिभा, सिर्जना, सुख, शान्ति र समृद्धिको मूल मन्त्रलाई अपनाउँदै विभिन्न कार्यक्रम सञ्चालन गर्दैै आएको छ ।
तपाईंको प्रतिकृया




