स्ट्याण्डर्ड चार्टर्ड बैंकका ग्राहकलाई भाटभटेनीमा विशेष क्यास व्याक अफर

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र नेपालको सबैभन्दा ठूलो सञ्जाल भएको सुपर मार्केट भाटभटेनी सुपर मार्केट डिपार्टमेन्ट स्टोरबीच व्यापारिक सहकार्य हुने भएको छ ।

यो सहकार्यलाई सम्बोधन गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले भाटभटेनी सुपर मार्केटसँग मिलेर लाभ नामक एक सह–ब्राण्डको भिसा प्लेटिनम क्रेडिट कार्ड जारी गर्ने जनाएको छ । जसबाट उक्त सह–ब्राण्डको क्रेडिट कार्डबाहकहरुले सबै भाटभटेनी सुपर मार्केटहरुमा सामान खरीद गर्दा आकर्षक नगद फिर्ता तथा छुट अफर प्राप्त गर्नेछन् ।

स्ट्याण्डर्ड चार्टर्ड लाभ क्रेडिट कार्ड धनीले भाटभटेनीमा पहिलोपटकको कारोबारमा २५ प्रतिशत नगद फिर्ता पाउनेछन् । यसका अतिरिक्त, सह–ब्राण्डको कार्डबाहकहरुले भाटभटेनी सुपर मार्केटहरुमा किनमेल गर्दा पहिलो ३ महिनाको लागि तत्काल १० प्रतिशत छुट प्राप्त गर्नेछन् । यो सह–ब्राण्डको कार्ड योग्य ग्राहकहरुलाई स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडद्वारा निःशुल्क उपलब्ध गराउनेछ ।

यो सहकार्यलाई स्मरणीय बनाउन स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना सबै क्रेडिट कार्ड धनीहरुका लागि भाटभटेनी सुपरमार्केटमा विद्युतीय उपकरणहरुको खरीदमा ० प्रतिशत इन्टाबाई प्रदान गर्ने घोषणा गरेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानसले भने, ‘भाटभटेनी सुपरमार्केटसँग यसप्रकारको साझेदारीको घोषणा गर्न पाएकोमा स्ट्याण्डर्ड चार्टर्ड गौरव गर्दछ । यो साझेदारीले दुई संस्थाहरुबीच समन्वय सिर्जना गर्न मद्दत पुगेको छ । यसले भाटभटेनीमा किनमेल गर्नेहरु हरेकलाई व्यापक फाइदा पु¥याएको छ । एक अन्तर्राष्ट्रिय बैंक हुनुको नाताले हरेक ग्राहकसँगको सम्बन्धमा मूल्य थप्नमा हामी विश्वास गर्दछौं जसले त्यो सम्बन्ध अझ प्रगाढ बन्दै जाओस् ।’

सोही अवसरमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष एवं प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले भने, ‘स्ट्याण्डर्ड चार्टर्ड बैंक जस्तो अन्तर्राष्ट्रिय ख्याति आर्जन गरेको बैंकसँग साझेदार गर्न पाउनु र धेरै समयदेखि प्रतिक्षा गरिरहेको यो साझेदारीको आरम्भ हुनु हाम्रो लागि अत्यन्त गौरवको विषय हो । हाम्रो यो साझेदारीले निश्चय पनि हाम्रा सबै आदरणीय ग्राहकहरु जसले हामीसँग किनमेलको आनन्द लिइ रहनु भएको छ वहाँहरुलाई अत्याधिक फाइदा दिलाउनेछ । म सबैजनालाई हाम्रो यो योजनाबाट व्यापक लाभ उठाउन हुन अनुरोध गर्दछु ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after