अग्निपीडितलाई राहत

प्यूठान । प्यूठान नगरपालिका–८ भेडाबारीका अग्निपीडितले सरकारसँग बासको व्यवस्था गर्न मागेका छन् । शुक्रबार राहत बोकेर पुगेका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी, वडाअध्यक्ष, नेपाल रेडक्रसलगायतका सङ्घसंस्थासँग आफ्नो ओतका लागि बासको व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए । उनीहरुको अनुरोधलाई सम्बोधन गर्ने भन्दै वडाध्यक्ष लिलापजङ्ग केसीले स्थानीय सरकार र विभिन्न सङ्घसंस्थाको सहयोगमा १० दिनभित्र पीडितलाई पुर्नवासको व्यवस्था गराउने बताए ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्वमा गएको जिल्ला प्रशासन, र जिल्ला प्रहरी कार्यालयको टोलीले पीडितलाई रु १०÷१० हजार नगद प्रदान गरेको थियो । त्यस्तै नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखा ले पनि दुई कम्मल, एकसेट भाडा एक÷एक पाल वितरण गरेको थियो ।

प्यूठान नगरपालिकाले प्रतिपरिवार रु २५ हजारका दरले राहत प्रदान गरेकामा विआरवन ग्रुपले पनि खाद्यान्न उपलब्ध गराएको थियो । बिहीबार काली सार्कीको घरबाट सल्केको आगोले पम्बु सार्की र रेनु सार्कीको घर जलेर नष्ट भएको थियो । आगलागीबाट करीब रु १४ लाख बरावरको धनमाल क्षति भएको नगरपालिका–८ का वडाध्यक्ष लिलापजङ्ग केसीले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्याकक्षबाटै पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन् । उपत्यका अनुसन्धानका …

प्रतिकृया दिनुहॊस