१२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था उच्च जोखिममा परेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको आईसीयुमा भर्ना गरिएका केसीको स्वास्थ्य संक्रमण उच्च जोखिममा रहेको चिकित्सकहरुले बताएका छन् । उनको शरीरमा सेतो रक्तकणिका संख्या ३ हजारमा झरेको चिकित्सकहरुको भनाइ छ ।

संक्रमणको जोखिम ध्यानमा राखेर केसीलाई स्वास्थ्य टोलीबाहेक कसैसँग भेट्न दिइएको छैन । अस्पतालले केसीलाई एन्टिबायोटिक दिई निमोनियाको उपचार गरिरहेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

संसद् फेस गर्ने आँटेका प्रधानमन्त्रीसँग कति छ मत ?

काठमाडौं । फेरि कुनै ‘राजनीतिक चमत्कार’ नभए अहिलेकै अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा …

प्रतिकृया दिनुहॊस