News desk

उपसचिवको बैंक खातामा स्रोत नखुलेको दुई करोड रुपैयाँ

काठमाडौं । घुससहित पक्राउ परेका एक कर्मचारीको बैंक खातामा दुई करोड रुपैयाँ फेला परेको छ। बैंक खातामा रहेको रकमको स्रोत खुलाउन नसकेकाले त्यो रकम भ्रष्टाचारबापतकै भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ । दुई महिनाअघि घुससहित पक्राउ परेका डिभिजन सडक कार्यालय रुपन्देहीका डिभिजन इन्जिनियर (उपसचिव) सुरेश ठाकुरको बैंक खातामा दुई करोड रुपैयाँभन्दा बढी रकम भेटिएको समाचार नयाँ पत्रिका दैनिकमा छ । उनी गत साउन १२ मा ३६ …

पुरा पढ्नुहॊस »

विश्वमै असफल मोनोरेल नेपालमा किन?

काठमाडौं । काठमाडौं र ललितपुरपालिकाले मोनोरेल चलाउने बताइरहेका वेला पूर्वाधारविज्ञहरूले भने विभिन्न देशमा मोनोरेल असफल भइसकेको बताएका  छन् । क्वालालम्पुर, जकार्ता, मुम्बईलगायत ठूला शहरमा मोनोरेल चलाउँदा सरकारले ठूलो घाटा बेहोर्नुपरेको अनुभव रहेको उनीहरूको भनाइ छ । पूर्वाधारविज्ञ सूर्यराज आचार्यले अन्तर्राष्ट्रिय जगतको अभ्यासको अध्ययन, पर्याप्त सूचना र सुझबुझविनै मोनोरेल चलाउन खोजिएको बताए । रेल विभागका पूर्वमहानिर्देशक अनन्त आचार्यले विनागृहकार्य मोनोरेल सञ्चालनका लागि साना र साँघुरा सडक नछानी चक्रपथजस्तो फराकिलो बाटो छान्नु गलत …

पुरा पढ्नुहॊस »

निर्मला हत्या प्रकरणमा नयाँ खुलासा : मुचुल्कामा बुबाको औंठाछाप नक्कली

काठमाडाैं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा दुई नयाँ तथ्य बाहिर आएका छन् । गृहमन्त्री रामबहादुर थापाले संसदको राज्य व्यवस्था समितिमा सांसदहरूले उठाएका प्रश्नको अाज जवाफ दिँदै निर्मलाको हत्यापछि उनले लगाएका लुगा जलाएर प्रमाण नष्ट गरिएको बताए । ‘अनुसन्धानमा प्रहरीको लाज लाग्दो गल्ती देखिएको छ । उनले लगाएका लुगा खोलेर जलाइएको छ,’ गृहमन्त्री थापाले भने, ‘अर्को कुरा उनको शव साउन ११ गते भेटिएको थियो । त्यही …

पुरा पढ्नुहॊस »

संसदमै मागियो गृहमन्त्री थापाको राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेको छ । मुलुकभर श्रृंखलाबद्ध महिला हिंसा र हत्याका घटना बढ्दै गइरहँदा घटनाको अनुसन्धान गर्न पनि सरकार असफल भएको भन्दै कांग्रेसले गृहमन्त्रीको राजीनामा माग गरेको हो । कांग्रेसले निर्मला पन्तको हत्याको प्रमाण नष्ट गर्न राज्य शक्तिको दुरुपयोग भइरहेको तथा अध्ययन प्रतिवेदन सार्वजनिक हुन नसकेको प्रति पनि गम्भीर आपत्ती जनाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा …

पुरा पढ्नुहॊस »

नेपाललाई दक्षिण कोरियाको ५ करोड ५० लाख सहयोग

काठमाडाैं । दक्षिण कोरियाले नेपालको प्राविधिक तथा व्यवसायिक प्रशिक्षकहरुको क्षमता विकासका लागि पाँच करोड ५० लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बुधबार अर्थसचिव डा. राजन खनाल र नेपालका लागि दक्षिण कोरियाका राजदुत एचई पार्कले नेपालको प्राविधिक तथा व्यवसायिक प्रशिक्षकहरुको क्षमता विकासका लागि सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरे । दक्षिण कोरियाको ‘कोइका’ नामक अन्तर्राष्ट्रिय एजेन्सीमार्फत नेपाल सरकारलाई उपलब्ध गराउने सो आर्थिक सहायता नेपालको प्राविधिक तथा …

पुरा पढ्नुहॊस »

अपहरणमा परेको भनिएका डाक्टर प्रहरी चेकजाँचमा भेटिए

काठमाडाैं । सिरहाकाे लहानबाट मंगलबार साँझ अपहरणमा परेका भनिएका डाक्टर सुवासकुमार बनैता यादवलाई प्रहरीले सर्लाहीमा फेला पारेको छ । चेकजाँचका क्रममा मोटरसाइकल चढेर पश्चिमतर्फ जाँदै गरको अवस्थामा डाक्टर यादवलाई सर्लाहीकाे नवलपुरमा फेला पारिएको प्रहरीले जनाएको छ । अपहरणमा परेका भनिएका यादवसहित अर्का एक व्यक्तिलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको सिरहाका एसपी जीवन श्रेष्ठले जानकारी दिए । यादवले आफू अपहरणमा नपरेको बताएका छन् । यादवसँगै प्रहरीले मोटरसाइकल चालक सुदुरपश्चिम महेन्द्रनगरका प्रेम बमलाई …

पुरा पढ्नुहॊस »

१० वर्षीया बालिका श्रेयाको बालात्कारपछि हत्या भएको पुष्टि

काठमाडाैं । पाेखरामा मृत भेटिएकी एक बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई पक्राउ समेत गरेको छ। पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोष्टमार्टम रिपोर्ट अनुसार श्रेयाको बलात्कारपछि हत्या भएको पुष्टि भएको हो । पोखरा-२२ पुम्दी भुम्दीकी १० वर्षीया श्रेया विक सुनारको मंगलबार सोही ठाउँको कोदी भन्ने ठाउँमा विभत्स हत्या भएको थियो । बालिका केही समयदेखि आमासँगै मामाघर बसेर अध्ययन गर्दै आइरहेकी थिइन् । हत्यारा पक्राउ बलात्कारपछि उनको …

पुरा पढ्नुहॊस »

रोल्पामा विप्लवको बन्दका कारण यातायात प्रभावित

रोल्पा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले आह्वान गरेको जिल्ला बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने बजार र शिक्षण संस्थासमेत बन्द भएको छ । जिल्ला सेक्रेटरी सन्तोष सुवेदीको पक्राउको विरोधमा जिल्ला बन्द आह्वान गरेको सो पार्टीले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी रोल्पाका कार्यवाहक सेक्रेटरी विश्वले विज्ञप्ति प्रकाशित गरी पार्टीको शान्तिपूर्ण कार्यक्रममा सहभागी भएका सेक्रेटरी सुवेदीको पक्राउको विरोधमा बन्द आह्वान गरिएको बताए । जिल्ला …

पुरा पढ्नुहॊस »

चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना

काठमाडाैं । यात्रुहरूको सुविधालाई मध्यनजर गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । कलंकी, स्वयम्भु, नयाँबसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानोबसपार्क र नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । नजिकिँदै गरेको चाडबाडलाई मध्यनजर गरी स्थापना गरिएको सहायता कक्षमा अपराध एवम् दुर्व्यहार तथा ट्राफिक सम्बन्धी गुनासो राख्न सकिने छ । सहायता कक्षमा यातायात व्यवस्था विभागका कर्मचारी, यातायात …

पुरा पढ्नुहॊस »

आजको विनिमय दर : रियाल, दिर्हामको मूल्य थोरै बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८६ र बिक्रिदर ३२ रुपैयाँ ०२ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०४ पैसा र बिक्रिदर २८ …

पुरा पढ्नुहॊस »