निर्मला हत्या प्रकरणमा नयाँ खुलासा : मुचुल्कामा बुबाको औंठाछाप नक्कली

काठमाडाैं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा दुई नयाँ तथ्य बाहिर आएका छन् । गृहमन्त्री रामबहादुर थापाले संसदको राज्य व्यवस्था समितिमा सांसदहरूले उठाएका प्रश्नको अाज जवाफ दिँदै निर्मलाको हत्यापछि उनले लगाएका लुगा जलाएर प्रमाण नष्ट गरिएको बताए ।

‘अनुसन्धानमा प्रहरीको लाज लाग्दो गल्ती देखिएको छ । उनले लगाएका लुगा खोलेर जलाइएको छ,’ गृहमन्त्री थापाले भने, ‘अर्को कुरा उनको शव साउन ११ गते भेटिएको थियो । त्यही दिन तयार भएको मुचुल्कामा बुवाको औंठा छाप छ । जबकी उनका बुबा भारतबाट १२ गतेमात्र नेपाल आएका थिए ।’ साउन १० हराएकी निर्मलाको ११ गते उखुबारीमा शव फेला परेको थियो। घटना भएको दुई महिना बितिसक्दा पनि अपराधी पक्राउ पर्न सकेका छैनन् ।

समितिले मङ्गलवार गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियाे । समितिका संयोजक सह-सचिव हरि मैनालीसहितको समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो । सरकारले कञ्चनपुर घटना विवादास्पद बन्दै गएपछि भदौ ७ गते छानविन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीको नेतृत्वमा पाँच सदस्य छानविन समिति गठन गरेको थियो ।

१५ दिनभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउनु भने पनि अनुसन्धान जटिल बन्दै गएपछि अर्को १५ दिन म्याद थप गरिएको थियो । घटना दवाउन प्रहरीले घटनाको मुख्य अभियुक्तका रुपमा ४१ वर्षीय दिलिपसिंह विष्टलाई समातेको थियो । उनको डिएनए परीक्षण नमिलेपछि जिल्ला अदालतले रिहाको आदेश दिएको थियो ।

समितिको प्रारम्भीक अनुसन्धानको अनुसार नै गृह मन्त्रालयले तत्कालीन कञ्चनपुर जिल्लाका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, डिएसपी अङ्गुर जिसी, ज्ञानबहादुर सेती लगायत ६ जना प्रहरीलाई निलम्बित गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस