१० वर्षीया बालिका श्रेयाको बालात्कारपछि हत्या भएको पुष्टि

काठमाडाैं । पाेखरामा मृत भेटिएकी एक बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई पक्राउ समेत गरेको छ। पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोष्टमार्टम रिपोर्ट अनुसार श्रेयाको बलात्कारपछि हत्या भएको पुष्टि भएको हो ।

पोखरा-२२ पुम्दी भुम्दीकी १० वर्षीया श्रेया विक सुनारको मंगलबार सोही ठाउँको कोदी भन्ने ठाउँमा विभत्स हत्या भएको थियो । बालिका केही समयदेखि आमासँगै मामाघर बसेर अध्ययन गर्दै आइरहेकी थिइन् ।

हत्यारा पक्राउ
बलात्कारपछि उनको हत्या गरेको अभियोगमो सोही ठाउँका २७ वर्षीय कुशम पौडेललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार कुशुमले बलात्कार र हत्यामा संलग्न रहेको स्वीकार गरिसकेका छन् । कास्की प्रहरीले घटनाबारे जानकारी दिन बुधबार दिउसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

प्रहरीलाई प्राप्त  घटना बिवरण अनुसार घरबाट बिस्कुट किन्न निस्केकी श्रेयालाई छिकेकी पौडेलले बाटोमा भेटेका थिए । रक्सी र गाँजाको तालमा रहेका उनले श्रेयालाई १० रुपैयाँ दिए अनि एक्कासी समाते । श्रेया चिच्याउन थालेपछि उनले घाँटी दाबेर झाडीमा फाले । अचेत बनेकी श्रेयाको बलात्कारपछि उनले ढुंगाले थिचेर हत्या गरे ।

कास्कीका प्रहरी प्रवक्ता रवीन्द्र गुरुङले बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर घटनाबारे थप जानकारी दिने बताएका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति करिब ३० अर्ब

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds