रोल्पामा विप्लवको बन्दका कारण यातायात प्रभावित

रोल्पा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले आह्वान गरेको जिल्ला बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने बजार र शिक्षण संस्थासमेत बन्द भएको छ ।

जिल्ला सेक्रेटरी सन्तोष सुवेदीको पक्राउको विरोधमा जिल्ला बन्द आह्वान गरेको सो पार्टीले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी रोल्पाका कार्यवाहक सेक्रेटरी विश्वले विज्ञप्ति प्रकाशित गरी पार्टीको शान्तिपूर्ण कार्यक्रममा सहभागी भएका सेक्रेटरी सुवेदीको पक्राउको विरोधमा बन्द आह्वान गरिएको बताए ।

जिल्ला सेक्रेटरी सुवेदीसहित जिल्ला कमिटी सदस्य सूर्यलाई हिरासतमा राखिएको सो पार्टीले जनाएको छ । जलजला सांस्कृतिक परिवारले धवाङको साउनेपानीमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम हेरिरहेका सुवेदीलाई प्रहरीले असोज १ गते पक्राउ गरेको सो पार्टीले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनका क्रममा यसअघि पनि लामो समय हिरासत बसेर रिहा भएका सुवेदी पुनः पक्राउ परेका हुन् । सन्तोष तत्कालीन माओवादी केन्द्रका प्रभावशाली नेता झक्कु सुवेदीका छोरा हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

संसद् फेस गर्ने आँटेका प्रधानमन्त्रीसँग कति छ मत ?

काठमाडौं । फेरि कुनै ‘राजनीतिक चमत्कार’ नभए अहिलेकै अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा …

प्रतिकृया दिनुहॊस