नेपाललाई दक्षिण कोरियाको ५ करोड ५० लाख सहयोग

काठमाडाैं । दक्षिण कोरियाले नेपालको प्राविधिक तथा व्यवसायिक प्रशिक्षकहरुको क्षमता विकासका लागि पाँच करोड ५० लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बुधबार अर्थसचिव डा. राजन खनाल र नेपालका लागि दक्षिण कोरियाका राजदुत एचई पार्कले नेपालको प्राविधिक तथा व्यवसायिक प्रशिक्षकहरुको क्षमता विकासका लागि सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरे ।

दक्षिण कोरियाको ‘कोइका’ नामक अन्तर्राष्ट्रिय एजेन्सीमार्फत नेपाल सरकारलाई उपलब्ध गराउने सो आर्थिक सहायता नेपालको प्राविधिक तथा व्यवसायिक शिक्षाको गुणस्तर वृद्धि गर्ने कार्यक्रममा खर्च हुने अर्थ सचिव खनालले जानकारी दिए । कार्यक्रममा बोल्दै नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्कले नेपालको सामाजिक-आर्थिक विकासमा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

उनले व्यवसायिक तथा प्राविधिक शिक्षा विकासमा नेपालले उल्लेख्य प्रगति गर्ने विश्वास पनि व्यक्त गरे । दक्षिण कोरियाले नेपालको आर्थिक-सामाजिक क्षेत्रको विकासमा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस