अपहरणमा परेको भनिएका डाक्टर प्रहरी चेकजाँचमा भेटिए

काठमाडाैं । सिरहाकाे लहानबाट मंगलबार साँझ अपहरणमा परेका भनिएका डाक्टर सुवासकुमार बनैता यादवलाई प्रहरीले सर्लाहीमा फेला पारेको छ । चेकजाँचका क्रममा मोटरसाइकल चढेर पश्चिमतर्फ जाँदै गरको अवस्थामा डाक्टर यादवलाई सर्लाहीकाे नवलपुरमा फेला पारिएको प्रहरीले जनाएको छ ।

अपहरणमा परेका भनिएका यादवसहित अर्का एक व्यक्तिलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको सिरहाका एसपी जीवन श्रेष्ठले जानकारी दिए । यादवले आफू अपहरणमा नपरेको बताएका छन् । यादवसँगै प्रहरीले मोटरसाइकल चालक सुदुरपश्चिम महेन्द्रनगरका प्रेम बमलाई नियन्त्रणमा लिएको हाे । ‘नवलपुरबाट नियन्त्रणमा लिएर उनीहरुलाई वडाप्रहरी कार्यालय लहानमा ल्याइएको छ । घटनाका विषयमा हामी थप अनुसन्धान गरिरहेका छौं,’ एसपी श्रेष्ठले भने ।

सप्तरी घर भई मकवानपुर सहकारी अस्पतालमा कार्यरत यादवलाई अज्ञात समूहले अपहरण गरी लगेको भनेर उनकी श्रीमती पुनमले प्रहरीलाई जानकारी दिएकी थिइन् । मंगलबार साँझ समूहमा आएका अपरिचित व्यक्तिले पतिलाई अपहरण गरी सेतो गाडीमा राखेर लगेकाे भन्दै पुनमले खोजीका लागि प्रहरी गुहारेकी थिइन् । पुनमको मौखिक उजुरीपछि जिल्ला प्रहरी कार्यालय सिरहा र नजिकका प्रहरी एकाइले यादवको खोजी गरेका थिए ।

एसपी श्रेष्ठका अनुसार जिल्लाबाट बाहिर जाने सबै नाका बन्द गरेर डा. यादवको खोजतलास गर्दा नवलपुरमा फेला परेका हुन् । श्रीमती र ससुरालीसँग झगडा परेपछि यादवले आफ्नो अपहरणको नाटक गरेको आशंका प्रहरीले गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस