News desk

१० वर्षीया बालिका श्रेयाको बालात्कारपछि हत्या भएको पुष्टि

काठमाडाैं । पाेखरामा मृत भेटिएकी एक बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई पक्राउ समेत गरेको छ। पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोष्टमार्टम रिपोर्ट अनुसार श्रेयाको बलात्कारपछि हत्या भएको पुष्टि भएको हो । पोखरा-२२ पुम्दी भुम्दीकी १० वर्षीया श्रेया विक सुनारको मंगलबार सोही ठाउँको कोदी भन्ने ठाउँमा विभत्स हत्या भएको थियो । बालिका केही समयदेखि आमासँगै मामाघर बसेर अध्ययन गर्दै आइरहेकी थिइन् । हत्यारा पक्राउ बलात्कारपछि उनको …

पुरा पढ्नुहॊस »

रोल्पामा विप्लवको बन्दका कारण यातायात प्रभावित

रोल्पा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले आह्वान गरेको जिल्ला बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने बजार र शिक्षण संस्थासमेत बन्द भएको छ । जिल्ला सेक्रेटरी सन्तोष सुवेदीको पक्राउको विरोधमा जिल्ला बन्द आह्वान गरेको सो पार्टीले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी रोल्पाका कार्यवाहक सेक्रेटरी विश्वले विज्ञप्ति प्रकाशित गरी पार्टीको शान्तिपूर्ण कार्यक्रममा सहभागी भएका सेक्रेटरी सुवेदीको पक्राउको विरोधमा बन्द आह्वान गरिएको बताए । जिल्ला …

पुरा पढ्नुहॊस »

चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना

काठमाडाैं । यात्रुहरूको सुविधालाई मध्यनजर गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । कलंकी, स्वयम्भु, नयाँबसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानोबसपार्क र नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । नजिकिँदै गरेको चाडबाडलाई मध्यनजर गरी स्थापना गरिएको सहायता कक्षमा अपराध एवम् दुर्व्यहार तथा ट्राफिक सम्बन्धी गुनासो राख्न सकिने छ । सहायता कक्षमा यातायात व्यवस्था विभागका कर्मचारी, यातायात …

पुरा पढ्नुहॊस »

आजको विनिमय दर : रियाल, दिर्हामको मूल्य थोरै बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८६ र बिक्रिदर ३२ रुपैयाँ ०२ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०४ पैसा र बिक्रिदर २८ …

पुरा पढ्नुहॊस »

नेपाल-चीन ऊर्जा संयन्त्रको बैठक भाेलीदेखि

काठमाडौं । नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ बिहीबारदेखि दुई दिवसीय ऊर्जा संयन्त्रको बैठक आयोजना गरिएको छ। गत असार ५ गतेदेखि १० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणको क्रममा भएको सहमतिअनुसार नै बैठकको आयोजना गर्न लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ। सोही भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र उनका चिनियाँ समकक्षीबीच ऊर्जा क्षेत्रमा …

पुरा पढ्नुहॊस »

कालीगण्डकी जलविद्युत केन्द्रको बृहत मर्मत

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणको स्वामित्वको १४४ मेगावाटको कालीगण्डकी ए जलविद्युत केन्द्रको विद्युत गृहमा रहेको इन्लेट भल्ब तथा युनिट २को बृहत मर्मत सुरु भएको छ । आयोजना निर्माणका वेला डिजाइन त्रुटीका कारण भल्बमा समस्या देखिएपछि प्राधिकरणले आइतबारबाट विद्युत गृह पूर्ण रुपमा बन्द गरी मर्मत सुरु गरेको हो । भल्बबाट पानी चुहिने लगायतक समस्याबाट विद्युत गृहमा आउनसक्ने सम्भावित दुर्घटना टार्न र ठूलो विद्युत गृह हिउँदमा बन्द गर्नु पर्ने अवस्था आउन नदिन …

पुरा पढ्नुहॊस »

भक्तपुरमा इन्द्रजात्राः बालक रामले जिब्रो छेडे

भक्तपुर । मध्यपुर थिमी नगरपालिका-५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडेका छन् । उनले मङ्गलबार राति ८ बजे मध्यपुरथिमी नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडेका हुन् । विसं २०६३ देखि रोकिएर गत वर्षदेखि शुरु भएकोे थिमीको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन यस वर्ष उहाँले हजाराैं मानिसको अगाडि जिब्रो छेडेका हुन् । जिब्रो छेडाउने व्यक्ति मध्यपुर थिमीको श्रेष्ठ थरकै हुनुपर्ने चलन छ । ‘चेंया पुन्हिया मेय प्वा : खनेगु’ …

पुरा पढ्नुहॊस »

बैंकहरुले मंसिरसम्म दैनिक २५ केजी सुन ल्याउन पाउने

काठमाडौं । वाणिज्य बैंकहरुले अब दैनिक २५ केजीसम्म सुन ल्याउन पाउने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंसिरसम्म नियमित दैनिक २५ केजीका दरले सुन ल्याउन दिनेगरी राष्ट्र बैंकलाई स्वीकृत दिएको हो । मन्त्रालयका सहसचिव रविशंकर सैंजुलेका अनुसार राष्ट्र बैंकले सर्कुलर जारी गरेपछि बैंकहरुले दैनिक २५ केजीका दरले सुन ल्याउन सक्नेछन् । मंसिर मसान्तसम्म दैनिक २५ केजीका दरले सुन ल्याउन स्वीकृति दिइएको उनले बताए । राष्ट्र बैंकले भने चाडपर्वका …

पुरा पढ्नुहॊस »

अमेरिकामा ओली र डोनाल्ड ट्रम्पबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच छोटो भेटवार्ता भएको छ । ओली हाल ७३ औं राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिकामा छन् । ट्रम्पले महासभामा सहभागी राष्ट्र, सरकार एवम् प्रतिनिधीमण्डल प्रमुखहरुको सम्मानमा दिएको रिपेप्सनमा सो भेट भएको हो । भेटमा  ओलीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा  ट्रम्पलाई जानकारी गराएका थिए । उनीहरुबीच करीब दुई मिनेट कुराकानी भएको बताइएको छ ।

पुरा पढ्नुहॊस »

किशोरी बलात्कारको आरोपमा बैवाहिक स्थलबाटै दुलाहा पक्राउ

काठमाडाैं । विवाह संस्कारअनुसार दुलाहा र लुलहीलाई घर भित्र्याउने तयारी गर्दैगर्दा दोलखाको भिमेश्वर नगरपालिका जिलुमा दुलाहा पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुलाहा शान्ति चौलागाईंलाई प्रहरी विहे कार्यक्रमकैबीचबाट पक्राउ गरेको अबर आजको कान्तिपुर दैनिकमा दोलखाबाट राजेन्द्र मानन्धरले लेखेका छन् । आफू चौलागाईंबाट बलात्कृत भएको दावी गर्दै १६ वर्षीया किशोरीले उजुरी गर्नेवित्तिकै दुलही भित्र्याउने कार्यक्रममै प्रहरी पुगेका थिए ।  बैवाहिक कार्यक्रम चलिरहँदा दुलाहा पक्राउ परेका प्रहरी नायव उपरीक्षक …

पुरा पढ्नुहॊस »