News desk

सोह्रश्राद्ध सुरु, पक्षभर गरिँदैछ पितृको सम्झना

काठमाडौ‌ं । पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृपक्षका रूपमा पितृहरूको सम्झना गर्ने पर्वका रूपमा मनाउँछन् । पर्वमा मनाइने श्राद्धको स्वरूप भएकाले यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । भाद्रशुक्ल पूर्णिमादेखि आश्विनकृष्ण औंसी वा आश्विनकृष्ण प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदासम्मका तिथिलाई लिएर सोह्र दिन पुर्‍याइन्छ । यी …

पुरा पढ्नुहॊस »

संघीय सांसदलाई साढे छ अर्ब रुपैयाँ

काठमाडाैं । संघीय सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि सांसदले खर्च गर्न पाउने गरी वार्षिक छ अर्ब ६० करोड रुपैयाँ रकम पठाउने भएको छ । असोज ५ मा मन्त्रिपरिषदले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि २०७५ स्वीकृत गरेको थियो । कार्यविधिअनुसार त्यस्ता कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रको बजेट चार करोड रुपैयाँ रहेन व्यवस्था गरिएको सञ्चार ता सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ । …

पुरा पढ्नुहॊस »

रोनाल्डो र सलाहलाई पछि पार्दै लुका बने फिफा वर्ष खेलाडी

काठमाडाैं । क्रोएसियन स्टार खेलाडी लुका मोड्रिच फिफा वर्ष खेलाडी घोषित भएका छन् । रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउँदा तथा क्रोएसियलाई विश्वकप फाइनलमा पुर्याउँदा मोड्रिचको प्रदर्शन उल्लेखनिय रहेको थियो । यो अवार्ड वर्षको उत्कृष्ट खेलाडीलाई फिफाले वर्ष खेलाडीको रुपमा समान गर्दे आएको छ। सोमबार राति एक कार्यक्रम बिच फिफाले सार्वजनिक गरेको अवार्डमा उनले पोर्चुगीज स्टार रोनाल्डो तथा मोहमद सलाहलाई पछि पार्दै अवार्ड हात पारे ।  पहिलो पटक अवार्ड जित्ने क्रममा …

पुरा पढ्नुहॊस »

दशैँका लागि बसको अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडाैं । दशैँमा उपत्यका बाहिर जाने यात्रुलाई लक्षित गरी आजदेखि बसको अग्रिम टिकट बुकिङ खुला भएको छ । नयाँ बसपार्क, पुनारो बसपार्क, गौशाला, सुन्धारा, कलंकी तथा कोटेश्वरबाट सम्बन्धित क्षेत्रका यात्रुलाई लक्षित गरी विभिन्न कम्पनी र समितिहरुले अग्रिम टिकट खुला गरेका हुन् । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भदौ ५ गतेदेखि नै अग्रिम बुकिङ गर्ने सहमति भए पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै समिति र कम्पनीहरुले बुकिङ गरेका थिएनन् । …

पुरा पढ्नुहॊस »

अमेरिकी डलरको भाउ केही दिनयता स्थिर

काठमाडौं । निरन्तर उकालो लागिरहेको अमेरिकी डलरको भाउ केही दिनयता स्थिर छ । नेपाल राष्ट्र बैंकले सोमबार निर्धारण गरेको मूल्यअनुसार, अमेरिकी एक डलरको खरीद दर ११५ रुपैयाँ २२ पैसा छ भने बिक्री दर राष्ट्र बैंकले ११५ रुपैयाँ ८२ पैसा तोकेको छ । राष्ट्र बैंकले युरो एकको खरीद दर १३५ रुपैयाँ ३८ पैसा र बिक्री दर १३६ रुपैयाँ ०९ पैसा तोकेको छ । मलेसियन रिङ्गिट एकको खरीद दर २७ रुपैयाँ ९० …

पुरा पढ्नुहॊस »

कोटेश्वर-जडीबुटी सडकमा तिहारअघि नै बेलिब्रिज

काठमाडौँ । सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते नदी तथा मनोहरा नदीको दोभानमा तिहारअघि नै बेलिब्रिज सञ्चालनमा आउने भएको छ । उक्त स्थानमा अरनिको राजमार्गको वैकल्पिक सडकका रुपमा हनुमन्ते तथा मनोहरा नदीको करिडोर निर्माण अघि बढिरहेका छन् । त्यस्तै पेप्सीकोलादेखि सल्लाघारीसम्म पनि अरनिको राजमार्गको वैकल्पिक सडकका रुपमा सडकको चौडाइ बढाउने कार्य बोलपत्र आह्वान भई निर्माण अघि बढिरहेको छ । राजमार्गको सवारी चाप न्यूनीकरण गर्न विभिन्न काम …

पुरा पढ्नुहॊस »

गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारी पक्राउ

काठमाडौं । गंगामाया अधिकारीका छोरा गोरखा फुजेलका नुरप्रसाद अधिकारी पक्राउ परेका छन् । उच्च अदालत पाटनका कर्मचारीलाई ज्यान मार्ने कोशिश गरेको अभियोगमा उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । आइतबार साँझ ललितपुर प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनमाथि ज्यान मार्ने उद्योगको आरोप लगाएर मुद्दा अघि बढाइएको ललितपुर प्रहरीका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए । उनलाई ललितपुर जिल्ला अदालतले ७ दिन म्याद थपेर अनुसन्धान गर्न आदेश दिएको छ ।

पुरा पढ्नुहॊस »

नागरिक लगानी कोषका लागि कार्यकारी निर्देशक खोज्दै अर्थ

काठमाडौं । अर्थ मन्त्रालयले खुला प्रतिष्पर्धाबाट नागरिक लगानी कोषको कार्यकारी निर्देशक नियुक्त गर्ने भएको छ । मन्त्रालयले कार्यकारी निर्देशक पदमा दरखास्तका लागि सोमबार सार्वजनिक सूचना जारी गरेको छ । कार्यकारी निर्देशकका लागि योग्य व्यक्तिले १५ दिन भित्र दरखास्त पेश गर्न कोषले सार्वजनिक सूचना जारी गरेको हो । मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्क्र व्यवस्थापन, आर्थिक लगायतका विषयमा स्नातकोत्तर उपाधि हासिल गरी उद्योग, वाणिज्य, पुँजी बजार वा बैंकिङ क्षेत्रको कम्तीमा व्यवस्थापकीय तहमा काम …

पुरा पढ्नुहॊस »

जागिर नपाए स्थानीय तहमा निवेदन दिन सकिने

काठमाडौं । अब कुनै पनि बेरोजगार नागरिकले जागिर पाइनँ भनेर स्थानीय तहमा निवेदन दिन सक्ने भएका छन् । ‘रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ले यस्तो व्यवस्था गरेको हो । उक्त ऐनले प्रत्येक स्थानीय तहमा ‘रोजगार सेवा केन्द्र’ स्थापनाको परिकल्पना गरेको छ । यद्यपि अहिलेसम्म कुनै पनि स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना भइसकेका छैनन् । रोजगारसम्बन्धी विधेयक संसदीय प्रक्रिया हुँदै राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भइसकेको छ । यो …

पुरा पढ्नुहॊस »

नरेन्द्र मोदीको पाँचौँ नेपाल भ्रमण मंसिर दोस्रो साता

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसीरको दोस्रो साता पुन नेपाल भ्रमणमा आउने भएका छन् । पछिल्लो चार वर्षमा मोदीको यो पाचौँ भ्रमण हुने छ भने यस बर्ष हुन लागेको तेस्रो पटकको आगमन हुनेछ । भारतीय न्युज एजेन्सी एएनआईअनुसार मोदी यसपटकको गौतम बुद्धको जन्मस्थान लुम्बिनी भ्रमणका लागि आउन लागेका हुन् । १२-१३ मंसीरमा मोदीले नेपाल भ्रमण गर्ने तयारी गरेको दुतावास स्रोतलाई उद्धृत गर्दै सो समाचार एजेन्सीले जनाएको छ । मोदीको …

पुरा पढ्नुहॊस »