News desk

साढे ३ अर्बको ट्रेजरी बिल आज जारी हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल आज (सोमवार) विक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कअन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले सरकारका लागि आन्तरिक ऋण जुटाउन यसपटक ९१ दिने अवधिको ३ अर्ब रुपैयाँको ट्रेजरी बिल विक्री गर्न लागेकोे हो । ट्रेजरी बिल सोमवार दिउँसो २ बजे अनलाइन बोलकबोलका आधारमा विक्री गर्ने बताइएको छ । उक्त ट्रेजरी बिलको निष्कासन भने माघ १ गते गरिँदै छ । यसपटक …

पुरा पढ्नुहॊस »

नेपाल नेशनल हस्पिटल र माछापुच्छ्रे बैंकबीच सम्झौता

काठमाडौं । नेपाल नेशनल हस्पिटल र माछापुच्छ्रे बैंकबीच स्वास्थ्य सेवामा विशेष छुट सम्वन्धी सम्झौता भएको छ । सम्झौता अन्तर्गत आगामी दिनहरुमा माछापुच्छ्रे बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड उपयोगताहरुले नेपाल नेशनल हस्पिटलद्वारा प्रदान गरिने विभिन्न स्वास्थ्य सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुको सहजतालाई लक्षित गर्दै गरिएको उक्त सम्झौता पत्रमा नेपाल नेशनल हस्पिटलका बजार ब्यबस्थापन प्रबन्धक श्रुति राणा र माछापुच्छ्रे बैंकका हेड रीटेल डिपोजीट प्रतिमा पाण्डेबीच हस्ताक्षर भएको छ …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा उदयपुरको देउरीमा

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ५ देउरीमा आफ्नो २३ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्धब थापाले गरे भने शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा हरि श्रेष्ठलाई बैंकले नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको एटीएम सोलुखुम्बुको खुम्जुङमा

काठमाडौं । सिद्धार्थ बैंकले सोलुखुम्बुको खुम्जुङ उपत्यकामा एटीएम सञ्चालनमा ल्याएको छ । समुद्रि तहभन्दा ३,७९० मिटर उचाइमा अवस्थित यस एटीएम नेपालमै सबैभन्दा अग्लो स्थानमा रहेको एटिएम हो । नाम्चेबजार भन्दा माथि पहिलो पटक सिद्धार्थ बैंकको एटीएम मेसिन राखिएसँगै यस क्षेत्रका बासिन्दाहरलाई रकम निकाल्न नाम्चेबजार सम्म गईरहनु नपर्ने हुँदा बैंकिङ कारोबार गर्न सहज हुने भएको छ । एटीएमको सञ्चालनले यस क्षेत्र लगायत एभरेष्ट बेस क्याम्प भ्रमणमा जाने पर्यटकहरुका लागि थप सुविधा …

पुरा पढ्नुहॊस »

सनराइज बैंकको ११ प्रतिशत नगद लाभांश पारित, सञ्चालक समितिमा ६ जना निर्वाचित

काठमाडौं । सनराइज बैंक लिमिटेडले सेयरधनीलाई साढे ११ प्रतिशत नगद लाभांश दिने भएको छ । आइतबार(आज) सम्पन्न बैंकको ११औँ वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकले हालको चुक्ता पुँजीको सो मात्रा अर्थात ९३ करोड ७५ लाख रुपैयाँ नगद लाभांश(कर सहित) वितरण गर्ने भएको छ । सो सभाबाट संस्थापक समूह‘क’तर्फबाट ३ जना सञ्चालक मोतीलाल दुगड, मालचन्द दुगड र ई. बच्छराज तातेड निर्विरोध निर्वाचित भएका …

पुरा पढ्नुहॊस »

मेस्सीको ४ सयौं गोल पुरा हुँदा बार्सिलोनाको सहज जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलको बार्सिलोनाले इबरलाई ३ – ० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लुइस स्वारेजले दुई गोल गरे । यस्तै कप्तान लियोनल मेस्सीको नाममा एक गोल रह्यो । खेलको १९ औं मिनेटमा स्वारेजको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो ।  खेलको ५३ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता २ – ० को बनाए । योसंगै …

पुरा पढ्नुहॊस »

सचिव झापड काण्ड छानबिन गर्न समिति गठन

काठमाडाैँ । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवद्वारा पर्यटन, वन तथा वातावारण सचिव विद्यानाथ झामाथि भएको कुटपिट घटना छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा छानबिन समिति गठन भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ। छानबिन समितिमा प्रदेश २ का मुख्यसचिव दीपक सुवेदी र कार्यालय सचिव हरि फुयाल सदस्य छन्। घटनाबारे दुवै पक्षसँग छलफलपछि आइतबार साँझ छानबिन समिति …

पुरा पढ्नुहॊस »

टेलिकमले ल्यायो आकर्षक नयाँ अफर: एकैसाथ २२ वटा प्याक, ६ रुपैयाँमै १ घन्टा कल

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर ल्याएको छ । उक्त अफर अन्तर्गतको सेवा आइतबारदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिनेछ । १. ह्याप्पी विकेन्ड प्याक जीएसएम/सीडीएमए प्रिपेड /पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ …

पुरा पढ्नुहॊस »

साउथका सुपरस्टार महेश बाबूको जोडी बन्दै कट्रिना केफ

काठमाडाैँ । बलिउड अभिनेत्री कट्रिना केफका वर्ष २०१८ मा २ वटा फिल्महरु रिलिज भएका थिए । फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा अभिनेता आमिर खानका साथ र अर्को फिल्म ‘जीरो’ मा अभिनेता शाहरुख खानका साथ कट्रिनाले स्क्रिन सेयर गरेकी थिइन् । बलिउडका दुई सुपरस्टार अभिनेताहरुका साथ काम गरेकी कट्रिनाका दुबै फिल्म बक्स अफिसमा भने असफल साबित भए । बलिउडमा फिल्मको असफलता पछि अभिनेत्री कट्रिना केफ अब छिट्टै नै साउथ फिल्मका सुपरस्टार …

पुरा पढ्नुहॊस »

महिला टी -ट्वान्टी क्रिकेटमा नेपाली चेलीको लगातार दोस्रो जित

काठमाडौं । थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी -ट्वान्टी स्म्यास क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । बैंककमा मलेसियाले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले १६ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा रोमा थापाले अविजित २० रनको योगदान गरिन्जो । यस्तै सिता राना मगरले १६ रन जोडिन । ममता कुमारी चौधरी ९ रनमा …

पुरा पढ्नुहॊस »
This will auto close after