किशोरी बलात्कारको आरोपमा बैवाहिक स्थलबाटै दुलाहा पक्राउ

काठमाडाैं । विवाह संस्कारअनुसार दुलाहा र लुलहीलाई घर भित्र्याउने तयारी गर्दैगर्दा दोलखाको भिमेश्वर नगरपालिका जिलुमा दुलाहा पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुलाहा शान्ति चौलागाईंलाई प्रहरी विहे कार्यक्रमकैबीचबाट पक्राउ गरेको अबर आजको कान्तिपुर दैनिकमा दोलखाबाट राजेन्द्र मानन्धरले लेखेका छन् ।

आफू चौलागाईंबाट बलात्कृत भएको दावी गर्दै १६ वर्षीया किशोरीले उजुरी गर्नेवित्तिकै दुलही भित्र्याउने कार्यक्रममै प्रहरी पुगेका थिए ।  बैवाहिक कार्यक्रम चलिरहँदा दुलाहा पक्राउ परेका प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले बताए ।

ती किशोरीले शान्तिले आफूलाई विवाहको प्रलोभनमा पारेर बलात्कार गरेको आरोप लगाएकी छन् । हाल कक्षा १२ मा पढ्दै गरेकी किशोरीले शान्तिले आफूलाई कक्षा सातमा पढ्दादेखि नै विवाह गर्ने प्रलोभन देखाएको बताएकी छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

संसद् फेस गर्ने आँटेका प्रधानमन्त्रीसँग कति छ मत ?

काठमाडौं । फेरि कुनै ‘राजनीतिक चमत्कार’ नभए अहिलेकै अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा …

प्रतिकृया दिनुहॊस