काठमाडाैँ । विश्वका विभिन्न देशका राष्ट्रपति, राजा र नेता अत्यन्तै धनी छन्। धनाढ्य शासक कोही राजधानीका भव्य दरबार छाडेर सामान्य अपार्टमेन्टमा बस्छन् भने कसैले १५ पटकसम्म विवाह गरेका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
सन् २००० देखि निरन्तर सत्तामा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कम्तीमा ४० र वढीमा २ सय बिलियन अमेरिकी डलर सम्पत्ति छ। स्वाजिल्याडका राजा मस्वाती थर्डसँग ५० बिलियम डलर सम्पत्ति छ। उत्तर कोरियाली नेता किम जोङ उनको धेरै कुरा गोप्य छन्। उनीसँग ५ विलियन डलर सम्पत्ति रहेको अनुमान छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ३ दशमलव १ बिलियन डलर सम्पत्ति छ। त्यस्तै जोर्डनका राजा अब्दुल्लाह दोश्रोसँग ७ सय ५० मिलियन बराबर सम्पत्ति छ।दुबईका राजा मोहमद बिन रसिदसँग १४ विनियन डलर सम्पत्ति छ। बेलायती महारानी एलिजाबेथ द्वितियसँग ६ सय मिलियन अमेरिकी डलरबराबरको सम्पत्ति छ।
अत्यस्तै अबुधावीका राजा खालिन बिनसँग झण्डै ९ सय बिनियन अमेरिकी डलर बराबरको सम्पत्ति छ। त्यसैगरी ब्रुनाईका सुल्तान असनल बोल्कियासँग २० बिलियन बराबर र थाइल्याण्डका राजा महा बज्रलंगक्रोनसँग ३० बिलियन डलर बराबर सम्पत्ति छ।




