काठमाडौंबाट साँझदेखि यात्रु बस चल्ने

काठमाडौं । काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने सार्वजनिक सवारीहरु साधनहरु आज (सोमबार) सञ्चालन हुने भएका छन् । बसहरुले टिकट बेच्न थालेपछि नयाँ बसपार्कमा अहिले काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रुको भीड छ ।

सार्वजनिक सवारी नचल्दा राजधानीमा दशैंको मुखमा सयौं यात्रु अलपत्र छन् । नयाँ बसपार्क व्यवस्थापन गरिरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिका व्यवस्थापक पंकज मल्लका अनुसार अरनिको राजमार्ग भएर जाने दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे लगायतका बाहेक अन्य सबैजसो जिल्लाका लागि छुट्ने सार्वजनिक बसहरु पठाउने तयारी भइरहेको छ ।

त्रिभुवन राजपथ, पृथ्वीरामार्ग, नारायणगढ मुग्लिन र पूर्वपश्चिम राजमार्ग भएर विभिन्न जिल्लामा जाने यात्रुबाहक सवारीहरु छुट्ने छन् । शुक्रबार साँझदेखि लगातारको वर्षा र राजमार्गहरुमा बाढी र पहिरोका कारण भइरहेको अवरोधका कारण काठमाडौंबाट लामो दूरीका सवारी छुट्न पाएका थिएनन् । काठमाडौं आउँदै गरेका यात्रु बाटोमै अलपत्र परेको थिए भने नागढुंगा नाका भएर आउ–जाउ अवरुद्ध थियो ।

अवरोधहरु हटाउने क्रम सकिन लागेसँगै काठमाडौंबाट छुट्ने सार्वजनिक सवारीहरुलाई पनि यात्रु बोकेर जान अनुमति दिन लागिएको हो । महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्की धादिङको झ्याप्ले खोला तथा सिम्लेमा सडकमा अहिले पनि आंशिक अवरोध रहेको र त्यो हट्ना साथ बसरु छुट्न दिइने बताउँछन् ।

पानी परेमा वा सडकमा अवरोधहरु आएमा भने सवारीलाई रोकिने प्रहरी नायब उपरीक्षक कार्कीले बताएका छन् । अहिले केही सवारीहरु नागढुंगा नाकातर्फ हिँडिसकेको प्रहरीले जनाएको छ । सडक तथा पुलमा भएको क्षतिका कारण बिपी र अरनिको राजमार्ग भएर चल्ने सवारी भने कहिलेदेखि सञ्चालनमा आउँछन् भन्ने अनिश्चित छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय विपद् कार्यकारी समितिको निर्णय- खोज तथा उद्धारमा तीव्रता, राहत वितरण प्रभावकारी बनाइने

काठमाडौं । नेपालमा मनसुनजन्य विपद्का कारण प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार अभियानलाई तिव्रता दिने निर्णय गरिएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस