सर्लाहीमा रोकिराखेको बसमा ट्रक ठोक्कियो, घटनास्थलमै तीनको मृत्यु, तीन घाइते

काठमाडाैँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत ईश्वरपुर खण्डमा शनिबार बिहान रोकिराखेको रात्रि बसलाई ट्रकले ठक्कर दिँदा तीन यात्रुको मृत्यु भएको छ। काठमाडौंबाट इलामका लागि जाँदै गरेको ना ४ ख ९७५४ नम्बरको बसलाई बिहान २ बजे ना ५ ख ७१२९ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको हो।

प्रहरीका अनुसार दुर्घटनामा इलाम सुल्बुङ-७ का २७ वर्षीय गोविन्द साउदेन, सुनसरी इटहरी उपमहानगरपालिका-१६ का ३० वर्षीया विनिता राई र पर्साको वीरगंज उपमहानगरपालिका-१९ का ३५ वर्षीय रहिम मियाँको मृत्यु भएको हो। साउदेन र राई बसका यात्रु हुन् भने मियाँ ट्रकका यात्रु हुन्।

दुर्घटनामा परी बसका यात्रु नुवाकोट विदुर नगरपालिका–१३ का २७ वर्षीय दावा तामाङ, झापाको अर्जुनधारा–६ का ३५ वर्षीय राजेन्द्र खतिवडा र उदयपुर कटारी–१ का २२ वर्षीय दीपक अधिकारी घाइते भएका छन्।

तामाङको उपचार ललितपुरकाे बी एन्ड बी अस्पताल, खतिवडाको बिर्तामोड र अधिकारीको लालबन्दीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतकका शव सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएकाे छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सत्तामा जसरी पनि जानुपर्छ भन्ने मान्यताभन्दा माथि उठेर यो समझदारी गरिएको छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सत्तामा जसरी पनि जानुपर्छ भन्ने मान्यताभन्दा माथि उठेर राष्ट्रिय समझदारी गरिएको …

प्रतिकृया दिनुहॊस