मानिस र पृथ्वी जोगाउने ‘डायट प्लान’, पृथ्वी कसरी सुरक्षित रहन्छ ?

काठमाडाैँ । वैज्ञानिकहरूले मानव तथा पृथ्वीको संरक्षण हेतु एक विशेषप्रकारको खाद्य पद्धतिको विकास गरेका छन् । यसैबाट सन् २०५० सालसम्म एक हजार करोड मानिसको पेट पनि भर्न सकिनेछ । पृथ्वीमा रहेका सबै मानिसले रातो मासु र चिनीको उपभोगमा ५० प्रतिशतले कमी गरेर त्यसको बदलामा फलफूल तथा तरकारीको मात्रा बढाए प्रत्येक वर्ष समयभन्दा अगाडि मर्ने मानिसको जनसङ्ख्यामा पनि कमी ल्याउन सकिनेछ ।

इट (ल्यान्सेट कमिसनअन्तर्गत संसारभरिका ३७ वैज्ञानिकहरूले दुई वर्ष लामो अनुसन्धानपश्चात् तयार पारेको द प्लानेट्री हेल्थ डायटमा मौसम परिवर्तन तथा पौष्टिक तत्वजस्ता विषयहरूलाई समेत समावेश गरिएको छ । हाल विश्वको जनसङ्ख्या ७.७ अर्ब रहेको र सन् २०५० सम्म १० अर्ब पुग्ने अनुमानसँगै ती सबै मानिसलाई खुवाउन पनि खानपिनको शैलीमा परिवर्तन गर्नुपर्ने औँल्याइएको छ ।

यो खाद्यशैलीअनुसार रोग लागेका बाहेकका स्वस्थ मानिसले प्रत्येक दिन बदाम–काजु (५० ग्राम), गेडागुडी (७५ ग्राम) , भात–रोटी ( २३२ ग्राम), स्टार्च भएका तरकारी (५० ग्राम), दूधजन्य पदार्थ (२५० ग्राम), तरकारी (३०० ग्राम), फल (२०० ग्राम) उपभोग गर्नुपर्छ । यस्तै अण्डा, माछा, कुखुराको मासु, तेल आदि पनि थोरै मात्रामा उपभोग गर्नुु उपयुक्त हुने पनि बताइएको छ ।

साथै चिनीको मात्रा दैनिक ५० ग्रामभन्दा बढी नभएको खाना सर्वोत्तम खाना हो । बीबीसीका अनुसार वैज्ञानिकहरूले युरोप तथा उत्तरी अमेरिका मानिसले रातो मासु, पूर्वी एसियाले माछा तथा अफ्रिकाले स्टार्च भएका तरकारी हरिया मटर, तरुल, आलु, मकै आदिको उपभोगमा कटौती गर्नुपर्ने सुझाव प्रस्तावित गरिएको छ । यसरी विश्वका प्रत्येक कुनाका मानिसले बढी उपभोग गर्ने खाद्यवस्तुको उपभोग कटौती गर्दा सन्तुलित खाना तयार हुने वैज्ञानिकहरूको तर्क छ ।

यो डायटको अनुशरणबाट पृथ्वी कसरी सुरक्षित रहन्छ भन्ने प्रश्नमा वैज्ञानिकहरूको भनाइ छ, ‘यस डायट प्लानअनुसार हरित गृह ग्यास उत्सर्जनमा कमी आउँछ । यसका साथै यसबाट पृथ्वीबाटै लोप हुन लागेका जनावरका जाति, प्रजातिको अस्तित्व जोगाउन सघाउ पु¥याउँछ । ’ साथै यसबाट पानी बचाउन तथा खेतीयोग्य भूमि बढाउनुपर्ने आवश्यकता नपर्ने तर्क पनि उनीहरूको छ । उनीहरूले विश्वका सबै देशका सरकारहरूलाई पनि यो प्रतिवेदन तथा नतिजा उपलब्ध गराउने योजना बनाइरहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता

काठमाडौं । निर्माण भएर पनि पूर्वाधार अभावमा सेवा उपलब्ध गराउन समस्या भोगिरहेको कोशी प्रदेश सरकारअन्र्तगतको …

प्रतिकृया दिनुहॊस