काठमाडौं उपत्यकामा तरकारीको अभाव

काठमाडौं । बाढीपहिरोको कारण काठमाडौं उपत्यकामा तरकारीको अभावका साथसाथै मूल्यवृद्धि पनि भएको पाइएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको १५ दिन अघिको  मूल्य सूचीलाई नियाल्ने हो भने  ५० प्रतिशतले तरकारीको मूल्यमा वृद्धि भएको पाइएको छ । वर्षाका कारण ढुवानी सेवामा अवरोध हुँदा कालीमाटी फलफूल तथा तरकारी बजारमा अधिकांश तरकारीको  भाउ महँगिएको छ ।

खासगरि अहिले च्याउ, बन्दा, स्कूस, गोलभेडा, तोरीको साग, लौका, भन्टा, गाजर लगायत अधिकांश तरकारीको मूल्य बढेको  छ ।  

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खाद्य पदार्थमा यात्रुसँग बढी असुले कारबाही

काठमाडौं । यात्राका क्रममा वर्षाका कारण बीच बाटोमा रोकिएका यात्रुलाई खाना, खाजा र पानीलगायतका खाद्यपदार्थमा …

प्रतिकृया दिनुहॊस