प्रहरी प्रवक्ता कार्कीको ‘दशैँ रमाइलो’मा दीपाश्री, प्रियंका र सरोज

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीको दशैँ गीत ‘दशैँ रमाइलो’ सार्वजनिक भएको छ । गीतमा गायक राजेशपायल राई र गायिका मेलिना राईको स्वर, दीपक शर्माको संगीत, श्यामस्वेत रसाइलको एरेन्ज छ ।

गीतको भिडियोमा दीपाश्री निरौला, प्रियंका कार्की र सरोज वलीलाई फिचरिङ गरिएको छ । दशैँको रौनक देखिने गीतमा तीनैजनाले टीका र जमरा लगाएर छमछमी नाच्नुभएको छ ।

करणसिंह चासिरको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियोमा कोरियोग्राफी तथा निर्देशन जेरी भण्डारीको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप