News desk

कृषिमन्त्री नै भन्छन्- पानी, तेल र मासु ढुक्कले नखानुस् !

काठमाडाैं । ‘काठमाडौंका उपभोक्तालाई ढुक्कले पानी, तेल र मासु खान भन्न सक्ने अवस्थामा म छैन,’ यो भनाई कृषि तथा पशुपन्क्षी विकासमन्त्री चक्रपाणि खनालको हो । बजारमा पाइने खाद्य वस्तुप्रति मन्त्री आफैं ढुक्क छैनन् । सर्वसाधारणले अखाद्य वस्तु खान बाध्य छन् । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ । केन्द्रीय खाद्य प्रयोगशाला नियमन गर्ने मन्त्री चक्रपाणि खनालले भने, ‘खाद्य वस्तुमा अखाद्य र मानव स्वास्थ्यलाई हानिकारक वस्तुको मिसावट अत्यधिक छ ।’ …

पुरा पढ्नुहॊस »

देशमा ४८ सय डाक्टर बेरोजगार, तर ९५० सरकारी दरबन्दी खाली

काठमाडाैं । देशमा चार हजार आठ सय चिकित्सक बेरोजगार हुँदाहुँदै पनि डाक्टरको अभावमा नागरिकले उपचार पाउन सकेका छैनन् । दरबन्दीअनुसार सरकारले चिकित्सक पदपूर्ति नगर्दा देशमा बेरोजगार चिकित्सक बढिरहेको र नागरिकको उपचारमा समस्या भएको हो । देशभर एक हजार ६५० सरकारी चिकित्सकको दरबन्दी रहेकामा आधा पनि पदपूर्ति भएको छैन । नौँ सय ५० चिकित्सकको दरबन्दी खाली छ । देशभरका सरकारी अस्पतालमा अहिले दरबन्दीका सात सय चिकित्सक मात्रै छन् । आजको नयाँ पत्रिकामा …

पुरा पढ्नुहॊस »

बेल्जियमको निर्वाचनमा भिड्दै नेपाली मुलका दुई चेली

काठमाडाैं । बेल्जियमको लुभेन नगरपालिकाको चुनावी मैदानमा एक नेपाली चेली अहिले आकर्षणको केन्द्र बनेकी छन् । उनको नाम हो रश्मी निरौला । रश्मीले पर्यटकीय नगरी लुभेन नगरपालिकाको काउन्सिल पदमा बेल्जियमको दोस्रो ठूलो पार्टी सिडी एन्ड भीबाट उम्मेदवारी दिएकी हुन् । बहुसंस्कृति र बहुराष्ट्रिय आप्रवासीहरुको ठूलो बासोबास रहेको लुभेन नगरमा गैरबेल्जियम समुदायका उम्मेदवारमध्ये उनको विजयलाई धेरैले निश्चित मानेका छन् । त्यसैगरी बेल्जियमको दोस्रो ठूलो शहर आन्त्वरपेन नगरपालिकामा पनि सीडी एन्ड भीले …

पुरा पढ्नुहॊस »

वामदेवका लागि काठमाडाैं-७ मा उपनिर्वाचन : राज्यकोषको करोडौं खर्च हुने

काठमाडौँ – नेकपाका नेता वामदेव गौतमलाई संसद्मा ल्याउन उपनिर्वाचन गरिए राज्यकोषबाट करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्था आउनेछ । निर्वाचन आयोगका अनुसार गएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता ५ सय ६ रुपैयाँ खर्च भएको थियो । कान्तिपुर दैनिकमा खबर  छ । गौतमका लागि पछिल्लो पटक चर्चामा ल्याइएको काठमाडौं क्षेत्र नम्बर ७ मा ५७ हजार ५ सय ५८ जना मतदाता छन्। त्यो रेकर्ड अघिल्लो निर्वाचनको हो। त्यही मतदातालाई अघिल्लै निर्वाचनको खर्चसँग तुलना गर्ने हो भने उपनिर्वाचन …

पुरा पढ्नुहॊस »

जयनगर-जनकपुर रेल सेवा मङ्सिरसम्ममा सञ्चालनमा आउने

काठमाडौ । बहुचर्चित जयनगर-जनकपुर रेल सेवा छिट्टै नै पुनः सञ्चालनमा आउने भएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले मङ्सिरसम्ममा जयनगर-जनकपुर रेल सेवा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको जानकारी दिए । रेल सेवा सञ्चालनका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

पुरा पढ्नुहॊस »

प्रदेश १ का १९ स्थानीय तहमा पुगेन बैंक

विराटनगर । प्रदेश १ का १९ वटा स्थानीय तहमा बैंक तथा वितिय संस्थाको पहुँच पुगेको छैन । सबै स्थानीय तहमा बैंकको शाखा खोल्न राष्ट्र बैंकले निर्देशन दिए पनि प्रदेश १ का १३७ स्थानीय तहमध्ये १९ वटामा बैंक नपुगेका हुन् । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कायम मुकायम निर्देशक हिमप्रसाद न्यौपानका अनुसार ११८ वटा स्थानीय तहमा बैंकको शाखा विस्तार भएको छ । २०७४ असार मसान्त सम्म १३७ मध्ये ५८ वटा स्थानीय …

पुरा पढ्नुहॊस »

रुदी ‘ए’ को व्यावसायिक उत्पादन एक महिनाभित्रै

काठमाडाैं । लमजुङ र कास्कीको सीमा भएर बग्ने रुदी खोलामा निर्माणाधीन ८.८ मेगावाटको रुदी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएको छ । आयोजनाको निर्माण सुरु गरेको साढे दुई वर्षमा सबै निर्माण कार्य सकिएको हो । आयोजनाको निर्माण कार्य सकिएपछि यसको परीक्षण थालिएको छ । आयोजनाका प्रोजेक्ट म्यानेजर सरोज भट्टराईका अनुसार असोज २० गते गतेबाट पानी राखेर परीक्षण थालिएको छ । विद्युत् गृहमा ४.४ मेगावाटका दुईवटा पेलटन टर्बाइन जडान गरिएका छन् …

पुरा पढ्नुहॊस »

आजदेखि कात्तिक ७ गतेसम्म अदालत बन्द रहने

काठमाडौँ । सर्वोच्च अदालतलले बुधबार घटस्थापनाका दिनदेखि आगामी कात्तिक ७ गते कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने जनाएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जारी गरेको प्रेस विज्ञप्तिमा असोज २४ देखि कात्तिक ७ गतेसम्म अदालतल बन्द रहने भए पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने उल्लेख गरिएको छ । न्याय प्रशासन ऐन २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइ प्रयोजनका लागि विजयादशमी र उल्लेखित अवधिमा पर्ने शनिबारका दिनबाहेक अन्य …

पुरा पढ्नुहॊस »

संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीद्वारा राजीनामा

काठमाडौं । संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीले पदबाट राजीनामा दिएकी छन् । साउथ क्यारोलिनाकी पूर्व गभर्नरसमेत रहीसकेकी हेलीको राजीनामाले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई आश्चर्यजनिक तुल्याएको छ । राष्ट्रपति ट्रम्पले उनको राजीनामा स्वीकार गरेका छन् । ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै आगामी दुई–तीन साताभित्रै हेलीको स्थानमा अर्को व्यक्ति पठाइने जानकारी दिए । उनले निकी हेलीसँग पुनः काम गर्न चाहेको र यसका लागि जुनसुकै पद पनि छान्न सकिने बताए । …

पुरा पढ्नुहॊस »

नेपालले कमजोर टोली चीनको सामना गर्दै

काठमाडाैं । मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को पाँचौ खेलमा नेपालले चीनसँग खेल्दैछ । नेपाली समय अनुसार खेल बिहान ७ : ४५ बजेबाट बायोमास ओभल क्रिकेट मैदानमा सुरू हुनेछ । जारी प्रतियोगिताकै सबैभन्दा बलियो टिम रहेको नेपाल २ खेल अगाडिनै छनोट भइसकेको छ । यस्तै दुई खेल अगाडिनै छनोटबाट बाहिरिसकेको चीन प्रतियोगिताकै सबैभन्दा कमजोर टोली हो । जारी प्रतियोगितामा सबै चार खेलमा जित निकालेको नेपाल ८ अंकसहित …

पुरा पढ्नुहॊस »