कति छ आज तरकारी र फलफूलको भाउ ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार मंलबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २७५ ररहेको छ । अनार पनि प्रतिकेजी २७५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

अमला ७६ रुपैयाँ ६७ पैसा, अम्बा १४० रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ रहेको छ । यता अदुवा ५६ रुपैया २५ पैसा, नेपाली ठूलो गोलभेडा ४५ रुपैयाँ, रातो आलु ४६ रुपैयाँ ४० पैसा, सेतो आलु ३९ रुपैयाँ ३३ पैसा, स्थानीय काउली २९ रुपैयाँ, कागती १०६ रुपैयाँ, किवी १७५ रुपैयाँ, अकबरे खुर्सानी २९० रुपैयाँ कायम रहेको छ ।

लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६६ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेंडा ३५ रुपैयाँ, राजमा घिउ सिमी ११६ रुपैयाँ ६७ पैसा, घिरौला ८६ रुपैयाँ ६७ पैसा, चमसूरको साग १०६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, तितो करेला ७६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४५ रुपैंयाँ, लोकल परवर ६६ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ४७ रुपैयाँ २० पैसा र हरियो धनिया १२३ रुपैयाँ ३३ पैसा रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस