सुख्खा याम लागेसँगै भारतबाट बिजुली खरिद शुरु

काठमाडौं । बर्खा याममा उत्पादित बिजुली बेच्दै आएको नेपाल विद्युत् प्राधिकरणले हिउँद लागेसँगै बिजुली खरिद गर्न थालेको छ । प्राधिकरणले भारतको खुला बजार (आईआईएक्स)को डे अहेड मार्केटबाट विद्युत् खरिद शुरु गरेको हो ।

हाल करिब दुई हजार दुई सय मेगावाट जडित क्षमता र पिक डिमान्ड करिब एक हजार छ सय मेगावाट छ । गत मंसिर २१ गतेबाट आयात सुरु गरेको विद्युत् प्राधिकरणले जानकारी दिएको छ । बिहान करिब ३ बजेदेखि ११ बजेसम्म विद्युत् आयात गरेर माथिल्लो तामाकोसी तथा कालीगण्डकी ’ए’ जलविद्युत् आयोजनाको पानी सञ्चित गरिन्छ ।

प्राधिकरणका अनुसार मङ्सिरमा निर्यातको औसत दर करिब सात रुपैयाँ ७० पैसा छ भने खरिद दर भने औसत पाँच रुपियाँ १० पैसा छ । मङ्सिर २१ देखि २५ सम्म पाँच दिनमा प्राधिकरणले करिब ३८ लाख युनिट बिजुली खरिद गरेको छ । यद्यपि नियात पनि सँगसँगै भइरहेको प्राधिकरणले जानकारी दिएको छ । यसबीच ८५ हजार मेगावाट आवर बिजुली बिक्री गरिसकेको उल्लेख छ ।

हिउँदमा जलप्रवाह घटेर विद्युत् उत्पादन कम हुने भएकाले निर्यात रोकिए पनि अर्को वर्षको जेठको अन्तिम साताबाट भने निर्यात पुनः सुरु हुने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो चार महिनामा करिब साढे सात अर्ब रुपैयाँको विद्युत् निर्यात गरिसकेको छ । नेपाल विद्युत् प्राधिकरणको आंकलनअनुसार चालू आर्थिक वर्षको असारसम्म प्रणालीमा ८११ मेगावाट विद्युत् थप हुँदैछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्राधिकरणले आजदेखि यी ६ फिडरमा बिजुली काट्ने (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन भूमिगत गर्न काठमाडौं उपत्यकाका ६ फिडरमा एक सातासम्म बिजुली काट्ने भएको छ । कालीमाटी, गोठाटार, ताहाचल, चौमती र मच्छेगाउँ फिडरले समेटेका वितरण क्षेत्रमा आइतबारदेखि शुक्रबारसम्म दैनिक ३ घण्टा विद्युत कटौती हुनेछ ।

प्रतिकृया दिनुहॊस