News desk

क्रमिकरूपमा तापक्रम घट्दै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तापक्रम क्रमिकरूपमा घट्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले एक विशेष बुलेटिन निकालेर देशभर पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य प्रभाव रही तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावनासमेत देखिएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । केही दिनयताको अवस्थालाई हेर्दा न्यूनतम तापक्रम अझै घट्न सक्ने बताइएको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम नौ दशमलव शून्य डिग्री …

पुरा पढ्नुहॊस »

८४ सञ्चारमाध्यमले आचारसंहिता उलंघन गरे

काठमाडौं । प्रेस काउन्सिल नेपालको आचारसंहिता विशेष अनुगमनका क्रममा ८४ सञ्चारमाध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको देखिएको छ । यहीँ कात्तिक २९ गते बेलुका ५ बजेसम्मको सङ्ख्यात्मक विवरणअनुसार अनुगमनको दायरामा रहेकामध्ये १५ छापामाध्यम, पाँच टेलिभिजन, २० रेडियो, ४४ अनलाइन गरी ८४ सञ्चारमाध्यम र पाँच वेबपोर्टलबाट यस्ता सामग्री सम्प्रेषण भएको पाइएको हो । काउन्सिलले त्यसमध्ये छ वटालाई निर्देशन, ४६ वटालाई ध्यानाकर्षण, १८ वटालाई सचेत र ११ वटालाई …

पुरा पढ्नुहॊस »

प्रचण्डले आज ताप्लेजुङ र खोटाङको सभालाई सम्बोधन गर्ने

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (बुधबार) ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । सत्ता गठबन्धन ताप्लेजुङद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न दाहाल ताप्लेजुङ आउने जिल्ला निर्वाचन परिचालन समितिका संयोजक मिङ्मा डण्डु शेर्पाले जानकारी दिए । सदरमुकामस्थित तोक्मेडाँडामा आयोजित सभालाई नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. गंगालाल तुलाधरलगायतले सम्बोधन गर्ने कार्यक्रम …

पुरा पढ्नुहॊस »

वडाध्यक्षको गाडी खानतलासी

काठमाडाैँ । वडाध्यक्षको गाडी शंकास्पद भएको भन्दै रुपन्देही प्रहरीले मध्यरातमा चेकजाँच तथा खानतलासी गरेको छ । रुपन्देहीको सियारी १ का वडाध्यक्ष एवं राप्रपाका नेता समेत रहेका अरुण शाहीले प्रयोग गर्ने बा १६ च २३६३ को गाडीमा शंकास्पद वस्तु भएको भन्दै वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक मधु नेपालको नेतृत्वमा गएको टोलीले मध्यरातमै खानतलासी गरेको हो । चिल्हीया घरमा पार्किङ गरेर राखेको गाडी खानतलासी गर्दा भने केही नभेटेपछि प्रहरी फर्केको थियो । …

पुरा पढ्नुहॊस »

एमालेले कसरी काम गर्छ भनेर विगत हेरे पुग्छ : ओली

काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विकासको अभियानका लागि एमाले चाहिने बताएका छन् । गोदावरी नगरपलिका–८ छम्पीमा पुगेर मतदातालाई सम्बोधन गर्दै उनले भने, ‘वास्तविक लोकतन्त्रको रक्षा, विकासका लागि लोकतन्त्र, जनताका जीवनमा सकारात्मक परिवर्तन ल्याउन र देशलाई अगाडि बढाउनका लागि नेकपा एमाले चाहिन्छ । विगतमा हामीले व्यवहारबाट हेरिसकेका छौँ एमालेले कसरी काम गर्छ भनेर ।’ उम्मेदवारलाई सफलताको शुभकामना दिँदै उनले देशलाई सही बाटोमा फर्काउने अवसर आएको …

पुरा पढ्नुहॊस »

जापानमा शक्तिशाली भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

एजेन्सी । जापानमा शक्तिशाली भूकम्प गएको छ । सोमबार मध्य जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पपछि टोकियोलगायतका शहरमा धक्का महसुस गरिएको थियो । भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन् । भूकम्प सोमबार साँझ मध्य मिई प्रिफेक्चरको करिब ३५० किलोमिटर (२१७ माइल) गहिराइमा गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । सार्वजनिक प्रसारक एनएचकेका अनुसार भूकम्पबाट फुकुशिमा आणविक संयन्त्रहरूमा कुनै क्षति रिपोर्ट गरिएको छैन । अमेरिकी भूगर्भ सर्वेक्षणले …

पुरा पढ्नुहॊस »

भोलि मध्यरातदेखि चुनाव प्रचारमा रोक, सीमा नाका सिल

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार र राजनीतिक दलले बिहीबार मध्यरातसम्म मात्रै चुनावी प्रचार गर्न पाउने भएका छन् । दल तथा उम्मेदवारले चुनाव प्रचार कात्तिक १७ मा सुरु गरेका थिए । निर्वाचन आचारसंहिताअनुसार बिहीबार मध्यरातदेखि सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोस्ट, सेयर गर्न पाइने छैन । मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री पनि …

पुरा पढ्नुहॊस »

सदस्य सचिव गुरूङलाई स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई स्पष्टीकरण सोधेको छ । माओवादी केन्द्रको प्रचारप्रसारमा रामेछाप पुगेपछि उनलाई आयोगले पत्र काटेको हो । निर्वाचन आचारसंहिता अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ । दलको प्रचारप्रसार गरेको ठहर भएमा आयोगले …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री आज गृह जिल्ला डडेल्धुरा जाँदै

काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बुधबार गृह जिल्ला डडेल्धुरा जाँदैछन् । मंगलबार धनगढी पुगेका देउवा आज आफ्नो गृह जिल्ला एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र जान लागेका हुन् । देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उनी सुदूरपश्चिम पुगेका हुन् । देउवा यसअघि पनि चुनावीसभामा सहभागी हुन …

पुरा पढ्नुहॊस »

मलाई नै राष्ट्रपति बनाउने सहमति भएको छैन : झलनाथ खनाल

काठमाडाैँ । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपति बन्ने पक्कापक्की भइनसकेको बताएका छन् । इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक-वाम गठबन्धनका उम्मेदवार खनालले मङ्गलबार पत्रकारहरूसँग कुरा गर्दै भने, ‘राष्ट्रपति, प्रधानमन्त्री वा अन्य कुनै पदमा किन नहोस् म जिम्मेवारी लिन तयार छु, तर बाहिर चर्चा भएजस्तो निर्वाचनपछि मलाई नै राष्ट्रपति बनाउने भनेर गठबन्धनभित्र सहमति भने भएको छैन ।’ उनले निर्वाचनपछि एउटैमात्र …

पुरा पढ्नुहॊस »