बैंकिङ कसुरमा ४ लाख ९० हजार जरिवाना सुनाइएका फरार प्रतिवादी पक्राउ

काठमाडाैँ । बर्दियामा बैंकिङ कसुर मुद्दामा ४ लाख ९० हजार रुपैयाँ जरिवाना सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन् । गुलरिया नगरपालिका–१२ बस्ने ईदु साई पक्राउ परेका हुन् ।

उनलाई उच्च अदालत पाटनले गत वैशाख ४ गते बैंकिङ कसुर मुद्दामा ४ लाख ९० हजार १ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि फरार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले लुकिछिपी हिँडिरहेको अवस्थामा गुलरिया नगरपालिका–६ बाट पक्राउ मंगलबार पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई बर्दिया जिल्ला अदालत पेस गरिएको तोकिएको जरिवाना तिर्न नसकेपछि कारागार कार्यालय बर्दिया चलान गरिएका छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री