News desk

काभा महिला भलिबल च्यालेञ्ज कप : उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

काठमाडौं । काभा वुमन्स च्यालेञ्ज कपमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ । डिफेन्डिङ च्याक्पियन नेपाल यस पटक भने कास्यमा सिमित बनेको हो । नेपालले उज्वेकिस्तानसँग २५–२०, १६–२५, १५–२५ र १३–२५ को सेटमा पराजित गरेको हो । समूह ‘ए’ को सेमिफाइनलमा काजकस्तानसँग पराजित भएको उज्वेकिस्तान र समूह ‘ए’ बाट भारतसँग पराजित भएको नेपालबीच तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जित हात पारेको हो । पहिलो …

पुरा पढ्नुहॊस »

‘बहाव’को थाइल्याण्ड भ्रमण अफरमा विद्या न्यौपाने विजेता

काठमाडौं । चलचित्र ‘बहाव’ले घोषणा गरेको थाइल्याण्ड भ्रमण अफरको विजेता पाल्पाकी विद्या न्यौपाने हुनुभएको छ । काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रकी अभिनेत्री सुरक्षा पन्तले गोला प्रथाबाट विजेता छनोट गर्नुभएको हो । विजेता न्यौपानेले भ्रमणमा दुईतर्फी हवाई भाडा र तीन तारे होटेलमा बसाइसहितको चार रात, पाँच दिनको टुर प्याकेज पुरस्कार स्वरूप प्राप्त गर्नुभएको छ । यसअघि निर्माण पक्षले ‘पुरस्कार जित्न योग्य हुन ‘बहाव’ चलचित्रको टिकट खल्ती एपमार्फत काट्नुपर्ने र खल्ती एपबाट चलचित्रको …

पुरा पढ्नुहॊस »

चार महिनापछि भेटियो अभिनेता जेफरसनको शव

एजेन्सी । चार महिनादेखि वेपत्ता ब्राजिलियन अभिनेता जेफरसन मचाडोको शव गाडिएको अवस्थामा भेटिएको छ । उनको शव रियो दी जेनेरियोस्थित एक घरबाहिर काठको बाकसमा भेटिएको हो । जेफसनको पारिवारिक मित्र सिन्टिया हिल्सेंडेगरले जेफरसनको इन्स्टाग्राम पेजमा उनको निधनको पुष्टि गरेका छन् । ‘यो निकै दुःखको कुरा हो कि जेफ २०२३ मे ५ मा मृत भेटिएका छन्’, सिन्टियाले लेखेकी छन् । प्रहरीका अनुसार ४४ वर्षे अभिनेताको शव सिक्रीले बाँधिएको थियो र एक काठको …

पुरा पढ्नुहॊस »

सनराइज र लक्ष्मी बैंक एउटै बन्ने तयारी

काठमाडौ । सनराइज बैंकले असार ३ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकले लक्ष्मी बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नका लागि सभा डाकेको हो । साधारण सभा आम्रपालि ब्याङ्केट बालुवाटारमा बिहान ११ बजे सुरु हुनेछ । सभाले सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी सञ्चालक समितिको विशेष प्रस्ताव पारित गर्नेछ । मर्जर प्रयोजनका लागि मूल्याङनकर्ताले तयार गरेको बैंकको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन (डीडीए) …

पुरा पढ्नुहॊस »

घोराही सिमेन्टको आइपीओ बाँडफाँट

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौ । घोराही सिमेन्ट इन्डस्ट्रीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको आइपीओ शुक्रबार बाँडफाँट गरेको छ ।कम्पनीले रितपूर्वक आवेदन दिएका सबै आवेदकहरूलाई कुल ६ लाख ६ हजार ३५० कित्ता सेयर बाँडफाँट गरिएको जानकारी गराएको छ । यद्यपि, यसले वैदेशिक रोजगारीमा रहेकालाई वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म कुल ७ लाख ५४ हजार ६६१ कित्ता सेयर बिक्री खुला गरेको थियो । यसआधारमा जारी भएकोमध्ये १ लाख ४८ हजार ३११ कित्ता सेयर …

पुरा पढ्नुहॊस »

ख्वप कलेजमा दुईदिने आर्थिक सम्मेलन

भक्तपुर । विश्वविद्यालय अनुदान आयोगको सहकार्य र ख्वप कलेजको आयोजनामा थर्ड नेसनल कन्फरेन्स अ मल्टिडिसिपनेलरी एपरोच टु एडरेस करेन्ट च्यालेन्जेज विषयक दुईदिने राष्ट्रिय सम्मेलन शनिबार भक्तपुरमा सुरु भएको छ । सम्मेलन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गर्दै भक्तपुर नगरपालिकाबाट सञ्चालित कलेजहरूले समाजलाई बुद्धिजीवीकरण गर्न र भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्र बनाउन महŒवपूर्ण भूमिका खेलेको बताउनुभयो । भक्तपुरका जनप्रतिनिधिले असल नियतले इमानदारीपूर्वक जनताको सेवा गर्नुलाई नै ख्वप मोडलका रूपमा देशव्यापी …

पुरा पढ्नुहॊस »

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको हो । सोमबार परेको गणतन्त्र दिवसका अवसरमा चौधरीलाई छाड्ने सरकारको योजना छ । यस्तै बैठकले हाल बन्दी जीवन विताइरहेका विभिन्न व्यक्तिहरुलाई पनि आममाफी र कैद मिनाहा हुनेगरी सिफारिस गरेको छ । यसअघि जेठ १२ मा …

पुरा पढ्नुहॊस »

सुनको मूल्य घट्दा चाँदीमा बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ कायम भएको हो । शुक्रबार प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ६ सय रुपैयाँ …

पुरा पढ्नुहॊस »

शीर्ष नेताको सहमतिमा ‘जलहरी’बारेको अभिव्यक्ति रेकर्डबाट हटाइनु विडम्बना : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सांसदको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने शीर्ष नेताको सहमतिप्रति असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत संसद्मा सांसदले व्यक्त गरेको अभिव्यक्ति हटाइएकोप्रति आपत्ति जनाएका हुन् । सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने कुरा विडम्बनापूर्ण भएको उनले बताएका छन् । ‘कस्तो विडम्बना १ संसद्मा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियततासम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सहमति गर्ने र संसद् …

पुरा पढ्नुहॊस »

प्रचण्डले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाइएको हो । बैठकमा विशेष गरी प्रधानमन्त्रीको आसन्न भारत भ्रमण, संसद्मा पेस हुने आर्थिक वर्षको बजेट र गणतन्त्र दिवसमा कैदीहरूलाई दिइने छुटबारे निर्णय हुने बताइएको छ । मन्त्रिपरिषद्को नियमित बैठक साताको प्रत्येक मंगलबार बस्ने गर्दछ ।

पुरा पढ्नुहॊस »