प्रचण्डले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाइएको हो ।

बैठकमा विशेष गरी प्रधानमन्त्रीको आसन्न भारत भ्रमण, संसद्मा पेस हुने आर्थिक वर्षको बजेट र गणतन्त्र दिवसमा कैदीहरूलाई दिइने छुटबारे निर्णय हुने बताइएको छ । मन्त्रिपरिषद्को नियमित बैठक साताको प्रत्येक मंगलबार बस्ने गर्दछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री