बंगलादेशले उचाल्यो दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधि, नेपाल फेरि उपविजेतामा सीमित

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि साविक बिजेता बंगलादेशले जितेको छ । बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाललाई २-१ गोलले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो ।

बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले १-१ गोल गरे । नेपालको लागि अमिशा कार्कीले बराबरी गोल फर्काएपनि नेपाल खेलमा फर्कन सकेन ।

पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक रहेको खेलमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् । दोस्रो हाफको ५० औं मिनेटमा नै बंगलादेशले अग्रता लियो । पेनाल्टी क्षेत्रभित्र नेपालको डिफेन्सले क्लियर गर्न नसकेको बललाई मोनिका चक्माले दोस्रो टच लिँदै गोलरक्षक एन्जिला तुम्बापो सुब्बालाई बिट गरिन् ।

५६ औं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । प्रिती राईले मिडफिल्डबाट खेलेको पासमा बंगलादेशको डिफेन्स लाइनबाट गल्ती भएपछि अमिषा कार्कीले बललाई पेनाल्टी क्षेत्रभित्र लग्दै गोल गरिन् ।

खेलको ८२ औं मिनेटमा बंगलादेशले पुन: अग्रता लियो । ऋतु पोर्ना चक्माले बायाँ विंगबाट दिएको क्रसलाई गोलरक्षक एन्जिलाले बचाउन नसक्दा सिधै गोल भयो । एन्जिलाले एक हातले बचाउन खोजेपनि बल उनको हातमा लाग्दै गोल भएको थियो । त्यसपछि बंगलादेशले बल पोसेसनमा पकड जमाउँदै नेपाललाई आक्रमण बुन्ने अवसर दिएन ।

योसँगै सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल प्रवेश गरेको नेपालका लागि इतिहास लेख्ने मौका गुमेको छ । अघिल्लो संस्करणमा भएको साफको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित हुँदै पाचौँ पटक उपविजेता बनेको थियो ।

दोस्रो पटक फाइनल पुगेको बंगलादेश भने त्यतिबेला पहिलो पटक च्याम्पियन बनेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं महानगरले यी तीन स्थानमा साफ महिला च्याम्पियनसिपको फाइनल देखाउने

काठमाडौं  । काठमाडौं महानगरपालिकाले नेपाल र बंगलादेशबीच आज साँझ हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल …

प्रतिकृया दिनुहॊस