काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ कायम भएको हो ।
शुक्रबार प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको हो । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भईरहेको थियो ।
तपाईंको प्रतिकृया




