News desk

इन्दिरा रानाले रास्वपाबाट दिइन् राजीनामा

काठमाडौँ । प्रतिनिधि सभाका उपसभामुखमा इन्दिरा रानाले राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेकी छन् । उनले प्रेस विज्ञप्ति जारी गर्दै पदमा रहुन्जेल आफू पार्टीको राजनीतिक तथा सांगठानिक जिम्मेवारीबाट अलग हुने बताएकी हुन् । विज्ञप्ति निकालेर रानाले उपसभामुखको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि पार्टीको जिम्मेवारीबाट अलग भएको उल्लेख गरेकी छन् । ‘उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि यस पदमा रहुन्जेल म आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण …

पुरा पढ्नुहॊस »

पार्टीका नेता भ्रष्टाचारमा संलग्न भए कारबाही हुन्छ : पशुपतिशम्शेर जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता पशुपतिशम्शेर जबराले आफ्नो पार्टीका तर्फबाट सार्वजनिक पद धारण गरेका नेता भ्रष्टाचारमा संलग्न भए कारबाही गर्ने बताएका छन् । पार्टीको काठमाडौं निर्वाचन क्षेत्र नं १ द्वारा आइतबार यहाँ आयोजित बागमती प्रदेशका जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा उनले मुलुकमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने उद्देश्यले पार्टी प्रदेश र केन्द्रीय सरकारमा सहभागी भएकाले सार्वजनिक पदमा रहेका नेताले जनताको सेवालाई केन्द्रमा राखेर कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए …

पुरा पढ्नुहॊस »

प्रहरीको अनुरोध- लोभ देखाएर नागरिकता, पासपोर्ट माग्ने मान्छेसँग सजग रहनू

काठमाडौं । सामाजिक सञ्जालबाट सम्पर्कमा आइ ‘लोभ’ देखाएर नागरिकता र राहदानी लिने तथा नगद माग गर्ने व्यक्तिदेखि विशेष सावधानी रहन प्रहरीले सबैमा अनुरोध गरेको छ । पछिल्लो समयमा बैंकिङ कसुर मुद्दामा वृद्धि भएको तथा वैदेशिक रोजगार, अध्ययनमा जानुपूर्व बैंक ब्यालेन्स, नेपाली राहदानी, नागरिकता प्रमाणपत्रलगायतका कागजात आवश्यक पर्ने भनी ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यसतर्फ सचेत हुन काठमाडौँ प्रहरीले सबैमा सूचित गरेको छ । सामाजिक सञ्जालकोे प्रयोग गरी विदेश पठाउनेलगायत …

पुरा पढ्नुहॊस »

नेपालमा पश्चिमी निम्न चापीय प्रणाली प्रवेश, वर्षाको सम्भावना

काठमाडौं । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । मंगलबार …

पुरा पढ्नुहॊस »

एफवान सफ्टको बैंकर्स मिटअप : डिजिटल क्रेडिट बैंकिङ्ग प्रविधिबारे छलफल

काठमाडाैं । फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल प्रालिले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत एफवान बैंकर्स मिटअप २०२३ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा एफवान सफ्टको दृष्टिकोण, पछिल्ला दिनमा उत्पादन भएका प्रविधिबारे छलफल भएको थियो। उक्त कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्रका तथा एफवान सफ््ट गु्रपका अग्रणी व्यक्तित्वहरूको सहभागिता थियो। कार्यक्रममा एफ्वान सफ्ट इन्टरनेशनलको तर्फबाट पछिल्ला समयमा विकास भएका प्रविधि, मोबाइल बैंकिङ्गमा प्रयोगकर्ताको विकास र विश्वास, आम मानिसले मोबाइल बैंकिङ्गलाई कुन रूपमा प्रयोग गरिरहेका छन् …

पुरा पढ्नुहॊस »

ह्याबिट्याट फर ह्युम्यानिटीको २५औँ वार्षिकोत्सव

काठमाडौं । ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले २५औँ वार्षिकोत्सव मनाएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै २५औँ वार्षिकोत्सव मनाइएको हो । ह्याबिट्याटले अहिलेसम्म दुई लाख २० हजार २५२ परिवारलाई प्रत्यक्ष निर्माण र अस्थायी आश्रय एनएपआई किट्स र आवास ऋण सहयोग गर्दै आएको छ । आर्थिक वर्ष २०७८–०७९ मा ४४० घर निर्माण गरिएको हयाबिट्याटले जनाएको छ । कार्यक्रममा ह्याबिट्याट नेपालका निर्देशक एलिजा स्थापितले भनिन्, “ह्याबिट्याट नेपालले मात्रै देशमा आवश्यकतालाई सम्बोधन …

पुरा पढ्नुहॊस »

एमाले सांसद महतोलाई पक्राउ गर्न ७७ वटै जिल्लामा प्रहरीको सर्कुलर

काठमाडौं । गृह मन्त्रालयले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न ७७ वटै जिल्लामा सर्कुलर गरेको छ । गृह मन्त्रालयले सांसद महतोलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रुपमै पत्राचार गरेको छ । सांसद कोइरी प्रहरीको फरार सूचीमा छन् । उनीमाथि राष्ट्रसेवक कर्मचारी हत्याको अभियोगमा जनकपुर उच्च अदालतले थुनामा राखेर मुद्धाको पुर्पक्षको आदेश दिइसकेको छ । सांसद कोइरीमाथि २०७२ सालमा मधेश आन्दोलनमा सशस्त्र प्रहरीका असई थमन विक हत्याको आरोप छ …

पुरा पढ्नुहॊस »

बसभित्र तास खेलिरहेका ४ जना पक्राउ

काठमाडाैं । भक्तपुरमा बसभित्र तास खेलिरहेका चारजना पक्राउ परेका छन् । मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थली सिद्धार्थ पेटोल पम्प पछाडि पार्किङ गरिराखेको सैलुगेश्वरीदेखि काठमाडौं चल्ने बा ३ ख ३६५६ नम्वरको बसभित्र तास खेलिरहेको उनीहरुलाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएकाे छ । भक्तपुर प्रहरी परिसका प्रमुख एसपी प्रजित केसीका अनुसार उनीहरुको साथबाट ७१ ह्जार नगद र एक बुक तास बरामद गरिएकाे हाे । उनीहरुलाई अहिले नियन्त्रणमा लिई परिसरमा ल्याउने …

पुरा पढ्नुहॊस »

राष्ट्रिय सँस्कृतिमा विदेशी हस्तक्षेप बढ्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेप बढेको बताएका छन् । टुँडिखेलमा आयोजित सोनाम ल्होछार समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘आजभोलि विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जर्गेना हुन नदिने एउटा चेष्टा भइरहेको छ,’ प्रचण्डले भने । विगतमा ‘सामन्ती, एकात्मक र अधिनायकवादी शासन’ बाट नेपालभित्रै रहेका जातजातीय, भाषा र संस्कृतिमाथि दमन भएको समेत उनको भनाइ छ । ‘एकातिर सामान्ती एकतात्मकताको …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको नाफा घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म सिद्धार्थ बैंकले एक अर्ब १६ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा उक्त नाफा २६.३८ प्रतिशतले घटेको हो । बैंकले शनिबार (माघ ७) सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणानुसार गत वर्षको सोही अवधिमा एक अर्ब ५७ करोड ७३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकले ब्याज अम्दानीमार्फत चार अर्ब …

पुरा पढ्नुहॊस »