काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ। टीकापुर नगरपालिका १, कैलाली घर भएका बीमित नर बहादुर साउदको गत वैशाख १६ गते क्यान्सरका कारण निधन भएको थियो। टीकापुरमा आयोजित एक कार्यक्रमबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ६४ लाख २५ हजार रुपैयाँको चेक मृतकले इच्छाइएको व्यक्ति ज्ञानु देवी साउद (श्रीमती) लाई हस्तान्तरण गरेका हुन्। आफ्नो जीवनकालमा मृतकले नेपाल लाइफ इन्स्योरेन्स टीकापुर शाखा …
पुरा पढ्नुहॊस »सोमबार सुनचाँदीको मूल्य स्थिर
काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ कायम भएको हो । आइतबार प्रति तोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य स्थिर …
पुरा पढ्नुहॊस »मन्त्रीलाई ‘प्याड’ उपहार !
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउदलाई एक युवतीले स्यानिटरी प्याड उपहार दिएकी छन् । आइतबार धनगढीमा युवालय नामक संस्थाले आयोजना गरेको प्रादेशिक नीति संवाद तथा युवा महोत्सव कार्यक्रममा मन्त्री साउदलाई डोटीकी स्वस्तिका खत्रीले प्याड उपहार दिएकी हुन् । महिला मात्र नभएर पुरुषहरू पनि महिनावारीको सवालमा उत्तिकै जिम्मेवार हुनुपर्ने भन्दै मन्त्रीलाई प्याड उपहार दिएको खत्रीले बताइन् ।
पुरा पढ्नुहॊस »गणतन्त्रको आवरणमा ब्रम्हलुट छ : कमल थापा
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्रको आवरणमा ब्रम्हलुट भइरहेको आरोप लगाएका छन् । आज गणतन्त्र दिवसका दिन सामाजिक सञ्जालमा आफ्नो धारणा लेख्दै थापाले विवादास्पद ढंगबाट राजसंस्था पाखा लगाएको टिप्पणी गरेका छन् । उनले व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा सुधार हुन नसकेको भन्दै देश संकटको भुमरीमा परेको समेत दाबी गरेका छन् । थापाले शासकीय स्वरुप, राज्यसंरचना र संविधानमा परिमार्जन र पुनर्विचार गर्ने बारे सोच्न पनि सबैमा आग्रह गरेका छन् …
पुरा पढ्नुहॊस »टुँडिखेलमा यसरी मनाइयो १६औँ गणतन्त्र दिवस
काठमाडौँ । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् १६ औँ गणतन्त्र दिवस । देशविदेशमा रहेका नेपालीहरूले गणतन्त्र दिवस मनाइरहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा आजै बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्यरुपमा मनाइएको छ । पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथ दिवस मनाइएको हो । …
पुरा पढ्नुहॊस »टीकापुर घटनामा मारिने प्रहरी र बालकले पनि न्याय पाउनुपर्छ : रेशम चौधरी
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिनको माग गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर रिहा भएका उनले पहिलो अभिव्यक्तिमै टीकापुर घटना पुनः छानबिन हुनुपर्ने माग गरेका हुन् । टीकापुर घटनामा जन्मकैदको सजाय पाएर डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका चौधरी सोमबार बिहान सवा आठ बजे रिहा भएका थिए । स्वागतमा पुगेका कार्यकर्तालाई साक्षी राख्दै उनले भने, ‘राष्ट्रपतिबाट सजाय माफी मिनाहा पाएर रिहा …
पुरा पढ्नुहॊस »प्रचण्डले बालुवाटारमा रोपे काउलीदेखि काँक्रोसम्म
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँ लगायतका बीउ र बेर्ना रोपेका हुन् । सो अवसरमा उनले अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि भएको बताउँदै यसलाई व्यवस्थित गर्नेतर्फ आफ्नो जोड हुने बताए । उनले भने, ‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर …
पुरा पढ्नुहॊस »६ वर्षपछि जेलबाट छुटे रेशम चौधरी, नेता/कार्यकर्तामा खुसीयाली
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलबाट छुटेका छन् । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै छुटेका हुन् । उनी ६ वर्षअघि जेल परेका थिए । उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, नेतृ एलिजा गौतमसहित सयौँ नेता कार्यकर्ता, शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए । रेशमलाई फूलमालाले भव्य स्वागत गरिएको छ । …
पुरा पढ्नुहॊस »आज गणतन्त्र दिवस, सार्वजनिक बिदा
काठमाडौँ । आज गणतन्त्र दिवस । आजको १६ औँ गणतन्त्र दिवसको अवसरमा नेपालसहित विदेशमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षताको गठित गणतन्त्र मूल समारोह समितिले देशैभरि राज्यको तहबाट विभिन्न कार्यक्रम आयोजना हुँदैछ । मुख्यगरी, सैनिक मञ्च, टुँडिखेलमा सरकारले आयोजना गर्ने विशेष समारोहका बिचमा आज मूल कार्यक्रम हुनेछ । जुन कार्यक्रममा नेपाली सेना विशेष परेडको आयोजना गर्नेछ । सैनिक मञ्चमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, …
पुरा पढ्नुहॊस »बारम्बारको नयाँ प्रयोग यो राष्ट्रले अब धान्न सक्दैन : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले दिनुभएको शुभकामना सन्देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्ने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेतृत्वप्रति सम्मान तथा यसमा सहभागी राजनीतिक …
पुरा पढ्नुहॊस »