विश्वप्रकाशको संयोजकत्वमा उपनिर्वाचनका लागि कांग्रेसको समिति

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको उपनिर्वाचनको केन्द्रीय संयोजन समिति गठन गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन—२०८१ केन्द्रीय संयोजन समिति गठन गरेका हुन् ।

समितिको सदस्यहरुमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, सहमहामन्त्री भिष्मराज आङ्देम्बे, सहमहामन्त्री महेन्द्र यादव, सहमहामन्त्री जीवन परियार, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य पुष्पा भुसाल, केन्द्रीय सदस्य मीन विश्वकर्मा, केन्द्रीय सदस्य मधु आचार्य र सदस्य सचिवमा प्रकाश शर्मा रहेका छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज तिहारको दोस्रो दिन : बिहान कुकुर तिहार, साँझ लक्ष्मीपूजा

औँसीको साँझमा दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा गर्ने परम्परा छ । यसलाई तिहारको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ । औँसीको रातमा लक्ष्मीको उत्पत्ति भएको दिनको रूपमा यो दिन उनको पूजा(आराधना गर्ने विधान रहेको बताइन्छ । संस्कृत भाषाका विद्वान् स्व. शिवराज आचार्य कौण्डिन्न्यायनको ‘वैदिक धर्म मूल रूपमा’ पुस्तकमा उल्लेख भएअनुसार यस दिनको उत्सवलाई ‘कौमुदी-महोत्सव’ वा ‘कौमोदिनीमहोत्सव’ पनि भनिन्छ ।

प्रतिकृया दिनुहॊस