News desk

दुवै खुट्टा गुमाएका सगरमाथा आरोही बुढालाई विमानस्थलमा स्वागत

काठमाडौं । घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौँ आइपुगेका आरोही बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, पर्यटन व्यवसायीका साथै मगर समुदायले झाँकीसहित स्वागत गरेका हुन् । भूतपूर्व गोर्खा सैनिक समेत रहेका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए । योसँगै उनले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बनेका छन् …

पुरा पढ्नुहॊस »

नबिल बैंकले ४ लाख ८२ हजार कित्ता सेयर बिक्री गर्दै

काठमाडाैं । नबिल बैंकले ४ लाख ८२ हजार ८०८ कित्ता सेयर बिक्रीमा ल्याएको छ। नबिलले संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ८२ हजार ८०८ कित्ता सेयर बिक्रीमा ल्याएको हो। विद्यमान संस्थापकलाई नै प्राथमिकता दिने गरी बैंकले सेयर बिक्रीमा ल्याएको हो। उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्तालाई सुचना जारी भएको ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ। बिक्रीमा रहेको सेयरको मूल्य बिक्रेता र खरिदकर्ता आपसी सहमतिमा निहीत हुने सूचनामा उल्लेख छ।

पुरा पढ्नुहॊस »

सात दिनभित्रै दोस्रो पटक सगरमाथा चुचुरोमा कामीरिता

काठमाडौँ । कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पा २८औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका छन् । उनी बिहान ९ बजेर २३ मिनेटमा उनी सगरमाथाको चुचुरोमा पुगेका हुन् । जेठ ३ गते बुधबार सगरमाथा चुचुरोमा पुगेर फर्किएका शेर्पाले बिहान दोस्रोपटक आरोहण गरे । यो सहित सगरमाथाको सर्वाधिक आरोहण गर्नेमा ५३ वर्षीय कामीरिताले कीर्तिमान पनि बनाएका छन् । १३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला …

पुरा पढ्नुहॊस »

संसद् बैठकमा आफ्ना ६ सांसदमात्र उपस्थित भएपछि रास्वपाले माग्यो माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूको कम उपस्थिति भएपछि माफी मागेको छ । पटक-पटक संसद्‍मा सांसदहरूको कम उपस्थिति हुने कुरालाई उठाउँदै आएको रास्वपाले सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नै पार्टीका सांसदसमेत अनुपस्थित भएपछि माफी मागेको हो । बैठकको अन्त्यतिर रास्वपाका ६, कांग्रेसका ९, एमालेका ७, एकीकृत समाजवादीका १ सांसद रहेको रास्वपाले जनाएको छ । रास्वपाले सोमबार कम उपस्थिति भएकोमा फेसबुकमार्फत माफी मागेको हाे । ‘रास्वपाका २१ जनामध्ये जम्मा …

पुरा पढ्नुहॊस »

चेसिस भाँचिएपछि यात्री भन्छ- भ्रममा नपरौं, यात्रीको सुरक्षाप्रति सचेत छौं

काठमाडौँ । यात्री मोटरसाइकलले परिक्षणको क्रममा चेसिस भाँचिएको विषयलाई अन्यथा प्रचार गरिएको बताएको छ । सामाजिक सञ्जालमा यात्री मोटरसाइकलको चेसिस बिचबाट भाँचिएको तस्बिर भाइरलपछि परीक्षणका क्रममा त्यस्तो हुन गएको कम्पनीले बताएको छ । नेपालमै बनेको यात्री मोटरसाइकलले हालै आमरुपमा सरकारलाई चौतर्फी दबाब सिर्जना गरेपछि नम्बर प्लेट दर्ताको प्रमाण पाएको थियो । यात्रीले इन्जिनियरबाट बाइकको परीक्षण गर्दा चेसिसमा समस्या देखिएको स्वीकार गरेको छ । यात्री मोटरसाइकलले भनेको छ परिस्थितिको सन्दर्भ बिना …

पुरा पढ्नुहॊस »

एमाले नेताहरूको आक्रोश- आरजु/मञ्जु अनुसन्धानको घेरामा नपर्नु गलत, बादलको नाम जोड्नु पूर्वाग्रहको हद !

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदनप्रति असहमति जनाएका छन् । महासचिव शंकर पोखरेल र केन्द्रीय सदस्य विष्णु रिजालले प्रतिवेदनप्रति असहमति जनाएका हुन् । पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तको नामै लिएको अडियो/भिडियो सार्वजनिक हुँदा पनि सम्बन्धित व्यक्तिलाई छानबिन नगरिएको बताए । ‘पीडित भनिएकाहरूले सार्वजनिक गरेका र पीडितसँगको संवादका क्रममा अभियुक्तहरूले नै नाम लिएका अडियो–भिडियो सामाजिक सञ्जालमा छताछुल्ल हुँदा पनि सम्बन्धित व्यक्तिलाई छानबिनको …

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि आज पनि छलफल

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुने भएको छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद सचिवालयले जनाएको छ । गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आइतबारबाट छलफल सुरु भएको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित हुन नदिने जनाएको …

पुरा पढ्नुहॊस »

मन्त्रालयमा सरुवा माग्ने सांसद र पालिका प्रमुखको लर्को

काठमाडौं । कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि विभिन्न पालिकाका प्रमुख, अध्यक्षदेखि प्रतिनिधि सभाका सांसदहरू नै कर्मचारी सरुवाको लागि मरिहत्ते गर्दै दौडधुपमा लाग्ने गरेको पाइएको छ । विभिन्न पालिकाका प्रमुख र सांसदहरूले कर्मचारी सरुवाको माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दबाब दिन थालेका छन् । जनप्रतिनिधिहरूको दबाब र कर्मचारी मोहका कारण सामान्य प्रशासन मन्त्रालयले बनाएको कर्मचारी सरुवा मापदण्ड समेत लामो समयदेखि निश्प्रभावी बन्दै आइरहेको छ । प्रशासनिक क्षेत्रमा …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बस्दैछ । अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएका छन् । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले मंगलवार बिहान ११ बजे सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) को वार्षिक साधारण सभाको कार्यक्रममा तथा दिउँसो १ बजे राष्ट्रियसभा बैठकमा सहभागी हुनेछन् ।

पुरा पढ्नुहॊस »

रायमाझी, खाण र पाण्डेमाथि थप ६० दिन अनुसन्धान हुन सक्ने

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे (तत्कालीन गृहसचिव) नीतिगत निर्णय गर्ने भूमिकामा रहेको किटान गर्दै प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । अलगअलग भूमिका किटान गर्दै प्रहरीले पक्राउ परेका १६ जना र पक्राउ नपरेका १७ जना गरी ३३ जनाविरुद्ध मुद्दा चलाउन राय दिँदै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो। तर प्रहरीले पक्राउ परेका सबै र फरार …

पुरा पढ्नुहॊस »