काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०/०८१ लाई युवा उद्यमशीलता प्रवर्द्धन वर्षका रूपमा मनाउने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । उनले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरेको बताएका हुन् ।
पुरा पढ्नुहॊस »सबै केन्द्र मातहातमा रहेका अस्पतालबाट मिर्गौला प्रत्यारोपण हुने
काठमाडौँ । सबै केन्द्र मातहातमा रहेका अस्पतालबाट मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध हुने भएको छ । २०८०/८१को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो बताएका हुन् । यस्तै सरकारले क्यान्सर, मिर्गौला प्रत्यारोपण गरेका तथा डायलाइसिस गराइरहेका, पक्षघात भएका बिरामीलाई औषधि उपचार खर्च लागि मासिक ५ हजार सहयोगलाई निरन्तरता दिएको छ । सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग टेकु अस्पताललाई तीन सय शय्यामा विस्तार गर्ने जनाएको छ । यसका लागि ४६ करोड …
पुरा पढ्नुहॊस »जुनसुकै विषय पढेका व्यक्तिहरुले शिक्षक लाइसेन्सको परीक्षा दिन पाउने
काठमाडौँ । जुनसुकै विषय पढेका व्यक्तिहरुले शिक्षक लाइसेन्सको परीक्षा दिन पाउने भएका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो व्यवस्था मिलाएको बताए । यसअघि शिक्षा विषय पढेकाहरुले मात्र शिक्षक लाइन्सेन्सको परीक्षा लिन पाउँथे । यस्तै, खुला प्रतिस्पर्धाबाट प्रधानान्याधापक छनोट गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने सरकारले जनाएको छ ।
पुरा पढ्नुहॊस »शिक्षामा १ खर्ब ९७ अर्ब २९ करोड बजेट, पत्रु खाना दिन नपाउने
काठमाडौँ । सरकारले वितरण गर्दै आएका विद्यालय खाजामा अब पत्रु जङ्क खाजा वितरण गर्न नपाउने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१को बजेट वक्तव्य प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । यस्तै, शिक्षा मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजित भएको छ । उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा बढी हो ।
पुरा पढ्नुहॊस »जग्गाको कित्ताकाट फुकुवा, वैज्ञानिक मूल्यांकन प्रणाली लागु
काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । सोमवार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दैअर्थमन्त्री डा प्रकाश शरण महतले यस्तो जानकारी दिएका हुन् । घरजग्गाको बिक्रि मूल्यलाई यथार्थपरक बनाउन महानगर पालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागु गरिने उनले बताए । यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि रु ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरिएको छ । गत आर्थिक वर्षसम्म कुल ग्राहस्थ उत्पादन जीडीपीमा २४.७ प्रतिशत रहेको …
पुरा पढ्नुहॊस »गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
काठमाडौँ । सरकारले औषधिजन्य प्रयोगका लागि गाँजा उत्पादन गर्ने भएको छ । यसका लागि गाँजा खेतीको सम्भाव्यताबारे अध्ययन गरिने नीति सरकारले नयाँ आर्थिक वर्षको बजेटमा ल्याएको छ । औषधीय गुण रहेको र कपडा तथा कागजसमेत उत्पादन गर्न सकिने गाँजाको खेती गर्ने नीति ल्याउन नेपालमा विभिन्न दलका नेता तथा सांसदले आवाज उठाउँदै आएका थिए ।
पुरा पढ्नुहॊस »सबै प्रकारका प्रोत्साहन भत्ता खारेज, गाडी सुविधाको सट्टा नगद
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगायतका भत्ता खारेज गरेको छ । सोमबार सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएको हो । सरकारको तर्फबाट अर्थमन्त्री डा। प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा यो व्यवस्था हटाइने भएको छ । अर्थमन्त्री महतले नयाँ गाडी, फर्निचर तथा फर्निसिङ खरिद नगर्ने बताए । गाडीको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई स्वीकृत मापदण्डको …
पुरा पढ्नुहॊस »औचित्य नभएका २० वटा सार्वजनिक संस्था खारेज
काठमाडौँ । सरकारले औतित्य नभएका र दोहोरो कार्यक्षेत्र भएका २० वटा सार्वजनिक संस्था खारेज गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् । उनले बजेटमा सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ ले दिएको सुझाव बमोजिम औचित्य नभएका संस्थाहरु खारेज गर्ने र केहीलाई गाभ्ने निर्णय भएको बताएका छन् ।
पुरा पढ्नुहॊस »सरकारले आगामी वर्ष नयाँ गाडी नकिन्ने, थन्किएका गाडी लिलाम
काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षमा अनावश्यक क्षेत्रमा हुने खर्च कटौती गर्ने भएको छ । संसदमा बजेट पेस गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले उस्तै प्रकृतिका २० वटा संस्था खारेज गर्ने जानकारी दिए । विभिन्न प्रकारका भत्ताको खारेज गरिने उनले बताए । नयाँ गाडी नकिन्ने, अत्यावश्यकबाहेक नयाँ भवन नबनाउने, गाडीको सुविधा पाउने कर्मचारीलाई इन्धन खर्चबापत नगद नै दिने तथा पुराना र प्रयोगविहीन सामान छ महिनाभित्र लिलाम गर्ने, अत्यावश्यकबाहेक वैदेशिक भ्रमणमा रोक …
पुरा पढ्नुहॊस »११ खर्ब ७९ अर्ब राजस्व संकलन हुने अनुमान
काठमाडौँ । चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यस्तो अनुमान गरिएको छ ।
पुरा पढ्नुहॊस »