सबै केन्द्र मातहातमा रहेका अस्पतालबाट मिर्गौला प्रत्यारोपण हुने

काठमाडौँ । सबै केन्द्र मातहातमा रहेका अस्पतालबाट मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध हुने भएको छ । २०८०/८१को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

यस्तै सरकारले क्यान्सर, मिर्गौला प्रत्यारोपण गरेका तथा डायलाइसिस गराइरहेका, पक्षघात भएका बिरामीलाई औषधि उपचार खर्च लागि मासिक ५ हजार सहयोगलाई निरन्तरता दिएको छ ।

सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग टेकु अस्पताललाई तीन सय शय्यामा विस्तार गर्ने जनाएको छ । यसका लागि ४६ करोड विनियोजन गरिएको छ ।

त्यसैगरी, पोखरा, सुर्खेत, भरतपुर र डोटीमा निर्माण भइरहेका प्रादेशिक सरुवा रोग अस्पताल आगामी वर्ष सम्पन्न भई सञ्चालनमा ल्याउने मन्त्री महतले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री