सरकारले आगामी वर्ष नयाँ गाडी नकिन्ने, थन्किएका गाडी लिलाम

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षमा अनावश्यक क्षेत्रमा हुने खर्च कटौती गर्ने भएको छ । संसदमा बजेट पेस गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले उस्तै प्रकृतिका २० वटा संस्था खारेज गर्ने जानकारी दिए ।

विभिन्न प्रकारका भत्ताको खारेज गरिने उनले बताए । नयाँ गाडी नकिन्ने, अत्यावश्यकबाहेक नयाँ भवन नबनाउने, गाडीको सुविधा पाउने कर्मचारीलाई इन्धन खर्चबापत नगद नै दिने तथा पुराना र प्रयोगविहीन सामान छ महिनाभित्र लिलाम गर्ने, अत्यावश्यकबाहेक वैदेशिक भ्रमणमा रोक लगाउने लगायतका व्यवस्था गरिने अर्थमन्त्री महतले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उखुको समर्थन मूल्य प्रतिक्विन्टल २० रुपैयाँले बढ्यो

काठमाडौं । सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बैठकले …

प्रतिकृया दिनुहॊस