काठमाडौं । सरकारले आगामी वर्षको आर्थिक वृद्धिदर जम्मा २.१६ मात्रै हुने आकलन गरेको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्ष आर्थिक वृद्धिदर २.१६ बताएका हुन् । विश्व अर्थतन्त्रमा आएको शिथिलता र आन्तरिक कारणले न्यून रुपमा आर्थिक वृद्धि हुने आंकलन गरिएको उनले बताए ।
पुरा पढ्नुहॊस »आउँदो आर्थिक वर्षको बजेट पेस गर्न मन्त्रिपरिषदकाे स्वीकृति
काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो । आज बेलुका ४ बजे अर्थ मन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् । यस्तै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा पनि निर्णयहरु गरेको छ । प्रचण्डको भारत भ्रमण जेठ १७ गतेदेखि २० गतेसम्म हुँदै छ । पुनः भोलि २ बजे मन्त्रिपरिषद् बैठक …
पुरा पढ्नुहॊस »कैलाली पुगेर रेशमले भने- अन्य राजबन्दीलाई रिहाई गर्न असोज ३ पर्खिनुपर्दैन
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टीकापुर घटनाका राजबन्दीहरुलाई छिट्टै रिहाई गर्न माग गरेका छन् । आफू अदालतबाट रिहाई भएपश्चात गृहजिल्ला कैलाली पुगेका चौधरीले धनगढी विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै टीकापुर घटनाका राजबन्दीहरुलाई रिहाई गर्न असोज ३ नै पर्खिनु नपर्ने बताए । प्रधानमन्त्रीले एक हप्ता, दुई हप्तामा नै राजबन्दीलाई कारागारबाट रिहाई गर्नुपर्ने माग गरे । चौधरीले टीकापुर घटना दुर्भाग्यपूर्ण घटना भएको भन्दै राज्यले उच्चस्तरीय छानबिन आयोग गठन गरेर धरातलमा …
पुरा पढ्नुहॊस »रास्वपाले गर्यो पूर्वबजेट छलफल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यलय सिंहदरबारमा पूर्व बजेट छलफल गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेटका विविध पक्षबारे पार्टीले छलफल गरेको हो । कार्यक्रममा रास्वापा सांसद तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले र डा. समीर केसीले सरकारले निर्माण गर्ने राष्ट्रिय बजेटका विविध पक्षहरूमा प्रकाश पारेका छन् । सरकारले आज साँझ देशको राष्ट्रिय बजेट संसदमा प्रस्तुत गर्न लागेको हो ।
पुरा पढ्नुहॊस »लक्षित वर्गको उपचारमा शय्या नछुट्याउने अस्पताललाई कारबाहीको तयारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने तयारी गरेको छ । पहिलो चरणमा शय्या नछुटाउने अस्पताललाई कारबाही स्वरूप केन्द्र तथा प्रदेश मातहत अस्पतालको नाम सार्वजनिक गर्ने तयारी रहेको र नाम सार्वजनिक गर्दा पनि अटेर गर्नेलाई थप कारबाहीका लागि सङ्घ तथा प्रदेश सरकारलाई लेखेर पठाइने महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए । यति गर्दा पनि अटेर गर्ने स्वास्थ्य संस्थाको प्रशासन नै …
पुरा पढ्नुहॊस »४१ वर्षअघिको मुआब्जा माग्दै प्रसारण लाइनको तार फेर्न अवरोध
काठमाडाैं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ मा रहेको सुकौली क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको तार फेर्ने काममा अवरोध गरेका छन् । झण्डै ४१ वर्षअघि प्रसारण लाइन निर्माण गर्दा प्रभावित जग्गाहरुको मुआब्जा तथा क्षतिपूर्ति नदिएको, रुट सार्नु पर्नेलगायतका माग राखेर स्थानीयले लाइनको तार (कन्डक्टर) फेर्ने कार्यमा अवरोध गर्दै आएका छन् । स्थानीयको अवरोधका कारण गएको वैशाखको पहिलो हप्तादेखि काम ठप्प छ । नेपाल विद्युत् प्राधिकरणले पूर्व–पश्चिम १३२ केभी डबल …
पुरा पढ्नुहॊस »गण्तन्त्रमाथि पूर्वराजा होइन, राजनीतिक दलहरूबाटै खतरामा छ : शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गणतन्त्र राजाबाट नभई राजनीतिक दलहरूबाटै खतरामा रहेको बताएका छन् । राजनीतिक दलका शैली र क्रियाकलाप ठिक नभएकाले गणतन्त्रप्रति जनताको वितृष्णा पैदा भएको कोइरालाको भनाई थियो । उनले भने, ‘राजाका गतिविधि हुने बित्तिकै गणतन्त्र खतरामा पर्ने भयो भनेर भन्छौँ तर उनीबाट होइन, यदि गणतन्त्र खतरामा कसैबाट छ भने राजनीतिक दलहरूबाटै छ ।’ सरकारले भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन दिन, विधिको शासनमा देशलाई हिँडाउन, महँगी …
पुरा पढ्नुहॊस »मुगुमा ट्याक्टर दुर्घटना : चालक र सहचालकको घटनास्थलमै मृत्यु
काठमाडाैं । मुगुको छायाँनाथ रारा नगरपालिका– १४ बाममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार राति सदरमुकाम गमगढी बजारबाट खानेपानीको पाइप बोकेर बाम जाने क्रममा बामको फलात नजिकै लु ४ प ७३६८ नम्बरको ट्याक्टर सडकबाट ५० मिनेट तल खस्दा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३० वर्षका चालक काशिलाल बढुवाल र २० वर्षका सहचालक शिव बढुवाल रहेका प्रहरीले जनाएको छ । उनीहरुकाे घटनास्थलमै मृत्यु …
पुरा पढ्नुहॊस »राष्ट्रिय वाणिज्य बैङ्कसहित ५ संस्थानहरू उच्च नाफामा
काठमाडौँ । सार्वजनिक संस्थानहरूमध्ये आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय वाणिज्य बैङ्कसहित पाँच वटा संस्थानहरू धेरै नाफा कमाउनेमा परेका छन् । आर्थिक सर्वेक्षणका अनुसार वाणिज्य बैङ्कसहित नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि., नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोषले नाफा आर्जन गरेको देखाएको छ। जसमध्ये नेपाल दूरसञ्चार कम्पनीले सात अर्ब १२ करोड ९४ लाख, नेपाल विद्युत् प्राधिकरणले छ अर्ब ९ करोड ९४ लाख, राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब …
पुरा पढ्नुहॊस »प्रिमियर स्कुलका विद्यार्थीहरूले प्रदर्शन गरे सडक नाटक
काठमाडाैँ । प्रिमियर इन्टरनेशनल स्कुलका विद्यार्थीहरूले सडक नाटक प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले मंगलबजारको सडकमा दुई नाटक प्रदर्शन गरेर दर्शकहरूलाई मोहित पारेका कलेजले बताएको छ । घरेलु हिंसा र सौन्दर्य मापदण्डसम्बन्धी नाटक प्रदर्शन भएको हो । प्रदर्शनले सामाजिक मान्यताहरूलाई चुनौती दिन र महिला सशक्तिकरणको महत्व प्रकाश पार्नका लागि नाटक शक्तिशाली माध्यम भएको बताइएको छ । आगामी शुक्रबार विद्यार्थीहरूले दिउँसो ३ः३० बजेदेखि फेरि एक पटक लबिम मलमा नाटक मञ्चन गर्ने कलेजले …
पुरा पढ्नुहॊस »