News desk

भिरबाट लड्दा ८ महिनाकी गर्भवतीले ज्यान गुमाइन्, दुई वर्षका छोरा पनि बिते

काठमाडौँ । धादिङको भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ । घाँस काट्न गएकी आठ महिनाकी गर्भवती १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रकाअनुसार घाँस काट्न जाँदा आमासँगै डोकोमा हालेर छोरा साजन पनि लगेकी थिइन् । भिरबाट छोरा लडेपछि बचाउने क्रममा आमा-छोराको मृत्यु भएको प्रहरीको भनाई छ । करिब दुई सय मिटर तल खसेका साजनको घटनास्थलमै मृत्यु …

पुरा पढ्नुहॊस »

कुमारी बैंकले ७ लाख कित्ताभन्दा बढी सेयर बिक्री गर्दै

काठमाडौँ । कुमारी बैंकले संस्थापक समूहको सेयर मंगलबारबाट बिक्रीमा राखिएको छ। बैंकले संस्थापक समूहको ७ लाख ५७ हजार ६९९ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्युनतम मूल्य १२१ रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता …

पुरा पढ्नुहॊस »

सिंहदरबारमा संसदीय सुनुवाइ समितिको पहिलो बैठक : प्रत्यक्ष प्रशारण गर्न माग

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक सिंहदरबारमा जारी छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन गरेका छन् । सभामुख घिमिरेले समितिमा अनुभव प्राप्त सदस्यहरू रहेका कारण यसले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे । प्रधानन्यायधीश नियुक्तिलगायतका कामहरूको सुनुवाइ छिटो गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । यता नेकपा एमालेकी सांसद ईश्वरी …

पुरा पढ्नुहॊस »

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजलाई पेसी

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँले आज बलात्कार आरोप लागेका लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको हो । यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासमा अन्तिम सुनुवाइका लागि पेसी तोकिएपनि लामिछानेका कानुन व्यवसायीले पीडितको उमेरको विवादमा पेस गरेको जन्ममिति सम्बन्धी प्रमाण पुनः झिकाउन आदेश ‌भएको थियो । मुद्दामा यही विषयको टुंगो नलाग्दा पटकपटक अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित भएको थियो । सर्वोच्च अदालतले …

पुरा पढ्नुहॊस »

गुजरातलाई हराउँदै चेन्नईले जित्यो आइपिएलको उपाधि

काठमाडौँ । चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै चेन्नईले पाँचौँ पटक आइपिएलको उपाधि जितेको हो । वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा चेन्नईका लागि १५ ओभरमा १७१ रनको लक्ष्य तय गरिएको थियो । जुन चेन्नईले १५ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरात टाइटन्सले २० ओभरमा ४ …

पुरा पढ्नुहॊस »

वीर अस्पतालको जलन उपचार केन्द्रलाई बजेट

काठमाडौं । सरकारले वीर अस्पतालको जलन उपचार कक्ष (बर्न युनिट) लाई जलन उपचार केन्द्रका रूपमा विकास गर्ने भएको छ । सोमबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले वीर अस्पतालको जलन कक्षलाई स्तरोन्नति गरी सुविधा सम्पन्न जलन उपचार केन्द्रका रूपमा विकास गर्ने बताए । वीर अस्पतालमा जलन उपचार कक्ष भए पनि २०७२ को भूकम्पपछि सञ्चालनमा आउन सकेको थिएन । वीरमा जलन उपचारसम्बन्धी चिकित्सक …

पुरा पढ्नुहॊस »

प्रत्येक सांसदलाई ५ करोड दिने बजेटमा उल्लेख भएकोप्रति रास्वपाको विरोध

काठमाडौं । सरकारले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम ब्युँताएको छ । सांसदहरूलाई निर्वाचन क्षेत्रमा वितरण गर्न प्रदान गरिने कार्यक्रम भएकाले व्यापक आलोचना भएपछि खारेज भएको कार्यक्रम आगामी आवको बजेटले ब्युँताएको हो । अब प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोडका दरले बाँड्ने घोषणा अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका छन् । यसका लागि ८ अर्ब २५ करोड विनियोजन गरिएको उनले जानकारी दिए । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सांसद …

पुरा पढ्नुहॊस »

केन्द्रबाट प्रदेश र स्थानीय तहले कति पाए बजेट ?

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले अनुदानका रुपमा प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने बजेटको आकार सार्वजनिक गरेको छ । बजेट वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदानतर्फ एक खर्ब ४६ अर्ब र ससर्त अनुदानतर्फ दुई खर्ब २७ अर्ब छुट्याइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई रु ८७ …

पुरा पढ्नुहॊस »

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

काठमाडौँ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना …

पुरा पढ्नुहॊस »

बजेटमा कस्ता-कस्ता योजना समेटिए ? (पूर्णपाठ)

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ मा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य तय गरेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य घोषणा गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशतको तय गरिएको बताएका हुन् । चालु आर्थिक वर्षमा सरकाले ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य तय गरेकोमा २.१६ प्रतिशतले मात्र आर्थिक वृद्धि हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ ।

पुरा पढ्नुहॊस »