News desk

नक्कली भुटानी शरणार्थी प्रकरण : आजबाट अभियुक्तका पक्षबाट बहस

काठमाडौँ । आजबाट नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट बहस सुरु हुनेछ । मंगलबार सरकारी वकिलको बहस सकिएपछि बुधवारबाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्दैछन् । सो बहसका लागि पूर्व महान्यायाधिवक्ता देखी नेपाल बार एसोसिएसनका बहालवाला अध्यक्ष देखी पूर्व अध्यक्षहरूले बहस गर्नका लागि नाम टिपाएका छन् । यसअघि नै निर्धारण भएको बहसको समयअनुसार सरकारी वकिलले तीन दिनको बहस सकिए पछि अभियुक्त पक्षका वकिलहरूले आजबाट बहस सुरु गर्न लागेको हुन । …

पुरा पढ्नुहॊस »

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका ‍एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा …

पुरा पढ्नुहॊस »

सर्वोच्चद्वारा रेशम चौधरीको मुद्दामा कारण देखाऊ आदेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा सर्वोच्च अदालतबाट कारण देखाऊ आदेश जारी भएको छ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराका पत्नी शारदा कडायतले दायर गरेको रिटमा सर्वोच्चबाट कारण देखाऊ आदेश जारी गर्दै अग्राधिकार प्रदान गर्ने आदेश भएको हो । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले विपक्षीहरूको नाममा कारण देखाऊ आदेश जारी गर्दै मुद्दालाई अग्राधिकार दिने …

पुरा पढ्नुहॊस »

संस्कृति इन्टरनेसनल स्कुलको पदयात्रा (तस्बिरहरु) 

काठमाडौँ । संस्कृति इन्टरनेसनल स्कुलले जुन ५, २०२३ मा विश्व वातावरण दिवसको उपलक्ष्यमा सचेतना फैलाउन पदयात्रा ( वाकाथन) आयोजना गरेको छ । कार्यक्रममा विद्यार्थी, विद्यालय व्यवस्थापन सदस्यहरू र अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो । वातावरण संरक्षणको वकालत गर्दै यस वर्षको “प्लास्टिक प्रदूषण रोकौँ“ भन्ने नारालाई मूल मर्म बनाउँदै शक्तिशाली सन्देशसहितका ब्यानर र पोस्टर बोकेर सबै हिँडेका थिए । यो मनमोहक प्रदर्शनले दर्शक र यात्रुहरूको ध्यान खिच्यो । उनीहरूलाई वातावरण संरक्षणमा …

पुरा पढ्नुहॊस »

सरकारी र जहेरवालातर्फका वकिलको थुनछेक बहस सकियो

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल र निजी वकिलको थुनछेक बहस सकिएको छ । काठमाडौँ जिल्ला अदालतमा सरकारी वकिलहरु मध्ये आइतबार महेश खत्री, सोमबार जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, प्रकाश घिमिरेले बहस गरे । मंगलबार सुरबहादुर परियार, निर्मला मरासिनी र हीरालाल घोलालको बहस सकिएको छ । उनीहरूले प्रतिवादीले प्रमाण मेटाउन सक्ने भएकाले थुनामै राखेर अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । जाहेरवालाको तर्फबाट टी ब्रेकअघि सुनिलकुमार शर्मा सापकोटा …

पुरा पढ्नुहॊस »

टोखाका जनप्रतिनिधिको एक वर्ष : के-के भए काम ?

काठमाडौं । टोखा नगरपालिकामा नयाँ जनप्रतिनिधि आएको एक वर्ष पूरा भएको छ । नगर प्रमुखमा प्रकाश अधिकारी र उपप्रमुखमा मुरारी तामाङ निर्वाचित भएर आएको एक वर्ष पूरा भएको हो । नगर प्रमुखमा अधिकारीको दोस्रो कार्यकाल हो । पहिलो कार्यकालको कामकै कारण उनलाई जनताले दोस्रो कार्यकालको लागि पुनः निर्वाचित गराए । नेकपा एमालेबाट निर्वाचित अधिकारी पहिलो कार्यकालमा बाँकी रहेका नगरका काम गर्ने ऊर्जा र अनुभवका साथ लागेका छन् । उपप्रमुखमा निर्वाचित …

पुरा पढ्नुहॊस »

‘हल्ट प्राइज’ मा भाग लिन ५ नेपाली विद्यार्थी अस्ट्रेलिया प्रस्थान

काठमाडाैं । हल्ट प्राइजमा सहभागी हुनका लागि पाँच नेपाली विद्यार्थीको टोली अस्ट्रेलियाको मेलबर्न प्रस्थान गरेको छ । टोली सफ्ट्वेरिका कलेज अफ आईटी एन्ड ई–कमर्शका निर्देशक स्वप्निल विष्टको नेतृत्वमा अस्ट्रेलिया प्रस्थान गरेको हो । टोलीमा विष्टसहित वसन्त अधिकारी, अनिशा मल्ल, गरिमा श्रेष्ठ र सहर्ष केसी पनि रहेका छन् । कार्यक्रमको लागि सम्पूर्ण यात्राको खर्च कलेजले नै बेहोर्नेछ । ​सफ्ट्वेरिकाले हालै सामाजिक उद्यमशीलतालाई प्राथमिकता दिने प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता हल्ट प्राइजको अन–क्याम्पस राउन्ड …

पुरा पढ्नुहॊस »

मैदा उद्योग संघको अध्यक्षमा दुगड निर्विरोध

काठमाडौँ । नेपाल मैदा उद्योग संघको २३औं वार्षिक साधारण सभाबाट कुमुदकुमार दुगड दोस्रोपटक अध्यक्षमा निर्वाचित बनेका छन् । संघको २३औं वार्षिक साधारण सभाबाट अध्यक्षमा निर्विरोध निर्वाचित बनेका हुन् । सभाबाट प्रथम उपाध्यक्ष दिनेश कुमार अग्रवाल, द्वितीय उपाध्यक्ष अरुण गोयनका, तृतीय उपाध्यक्ष विकास बेगवानी, महासचिव राधेश्याम अग्रवाल निर्वाचित भएका छन् । यस्तै, सचिवमा आनन्द ओझा, सचिव धिरज गोल्छा, सचिव सन्जय अग्रवाल, कोषाध्यक्ष विनोदकुमार अग्रवाल लगायत कार्यसमिति सदस्यसहित १७ जनाको नयाँ कार्य …

पुरा पढ्नुहॊस »

चर्च ब्वाइज युनाइटेडले जित्यो ए डिभिजन लिग

काठमाडौँ । चर्च ब्वाइज युनाइटेडले यस सिजनको शहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ । मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा चर्च ब्वाइज क्लब थ्रीस्टार क्लबसँग बराबरीमा रोकिएसँगै एक अंक हासिल गरेर यस सिजनको लिगको उपाधि जितेको हो । यो खेलमा चर्च ब्वाइज र थ्री स्टार गोलरहित बराबरीमा रोकिएका थिए । यो बराबरीपछि चर्च ब्वाइजको २५ खेलमा ४५ अंक भएको छ र एक खेल अघि लिगको उपाधि जितेको हो । …

पुरा पढ्नुहॊस »

खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई विकास कोषमा परिणत गरिने बताएका छन् । खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले चार जिल्ला (बझाङ, बाजुरा, अछाम र डोटी) को सङ्गमस्थल खप्तडलाई अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’को रूपमा विकास गरिने उल्लेख गरे । खप्तडको विकासका लागि लगानी बोर्डले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समेत तयार गरिसकेको उनले जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड भन्छन्, “खप्तड लामो समयदेखि चर्चामा …

पुरा पढ्नुहॊस »