सरकारी र जहेरवालातर्फका वकिलको थुनछेक बहस सकियो

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल र निजी वकिलको थुनछेक बहस सकिएको छ ।

काठमाडौँ जिल्ला अदालतमा सरकारी वकिलहरु मध्ये आइतबार महेश खत्री, सोमबार जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, प्रकाश घिमिरेले बहस गरे । मंगलबार सुरबहादुर परियार, निर्मला मरासिनी र हीरालाल घोलालको बहस सकिएको छ ।

उनीहरूले प्रतिवादीले प्रमाण मेटाउन सक्ने भएकाले थुनामै राखेर अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । जाहेरवालाको तर्फबाट टी ब्रेकअघि सुनिलकुमार शर्मा सापकोटा र दीपकराज रेग्मीले बहस गरे । मंगलबारसम्ममा सरकारी वकिल र जाहेरवालाको वकिलको बहस सकिएको हो । भोलिबाट प्रतिवादीका वकिलहरुको बहस हुनेछ ।

जाहेरवाला सुनिलकुमार शर्मा सापकोटा, दीपक रेग्मी, स्वागत नेपाल, हरिप्रसाद कट्टेल, वरिष्ठ अधिवक्ता ध्रुवबहादुर प्रधान र राधिका चौलागाईंले बहस गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस